Friday, March 21सत्यम खबर
Shadow

चिनियाँ राजदूतको हर्कतविरुद्ध संसदीय समिति क*डा रुपमा प्रस्तुत हुने

काठमाण्डौ, २० साउन – चिनियाँ राजदूत छन् सोङका पछिल्ला हर्कतमाथि लगाम लगाउन आवश्यक देखिएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पनि यसबारे चासो देखाएको छ।

समितिका सभापति राजकिशोर यादवका अनुसार चिनियाँ राजदूतको विवादित अभिव्यक्तिबारे समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी लिनेछ भने समितिले आवश्यक निर्देशन दिने छ।

भरतपुरको सिमलतालमा पहिरोमा परी दुई त्रिशूली नदीमा खसेको घटनामा राजदूतले असोभनिय टिप्पणी गरेका थिए। यो घटनामा २४ जनाको शव भेटिएको छ भने ३८ जना अझै बेपत्ता छन् । बस भेटिएका छैनन् ।

भारतबाट आएको टोलीले बसको खोजी गर्ने क्रममा प्रयोग भएको ठूलो चुम्बक हराएपछि चिनियाँ राजदूत सोङले ‘त्यसो भए चुम्बक खोज’ लेखेका थिए ।

‘दुघर्टनामा बेपत्ता भएका मानिस र बसको खोजीका लागि नेपालले सहयोग मागेपछि भारतीय टोली आएको हो। त्यससँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो,’ सभापति यादवले भने।

एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिएको उल्लेख गर्दे यादवले भने, ‘यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *