Thursday, May 28सत्यम खबर
Shadow

अख्तियारको नियन्त्रणमा ३५ हजार घुससहित सशस्त्र प्रहरी

बुटवल, २० मंसिर – सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीबाट ३५ हजार घुस लिंदै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारीले जानकारी गराउनुभयो ।

फोटोः गुगल


घरायसी सामान ओसार–पसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घुस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारीका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *