Wednesday, September 30सत्यम खबर
Shadow

अपराध

नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई चेक अनादर मुद्दामा जरिवाना, बिगो नभरे कैदमा जाने

नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई चेक अनादर मुद्दामा जरिवाना, बिगो नभरे कैदमा जाने

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ माघ – विगत २ वर्षदेखि नै बाँकेको सबैभन्दा चर्चित चेक अनादन मुद्दामा वादी राजेश कुमार जलानले न्याय पाउने भएका छन् । वादी जलानका अनुसार सोही लेनदेनको विषयलाई लिएर प्रतिवादी ईस्तियाक अहमद शाहले विभिन्न षडयन्त्र गरी मलाई धार्मिक मुद्दामा समेत फसाएर पनि अन्तिममा न्यायालयले मलाई न्याय गरेको छ । तर मैले माग दाबी गरे बमोजिम प्रतिवादीलाई जरिवाना सजाय मध्ये जरिवाना मात्र गरेको हुँदा चित्त नबुझेको हुँदा पुनः सजायंको माग गर्दै ‘बिगो वापत कैदमा राखी पाउँ’ भनी दरखास्त–पत्र २०८० साल कार्तिक १७ गते दर्ता गरेको बताउनुभयो ।यता आफ्नो चेक अनादर मुद्दाको फैसला देखाउँदै वादी जलानले श्री बाँके जिल्ला अदालतका माननीय जिल्ला न्यायाशिल सनतचन्द्र लवटले प्रतिवादी नरैनापुर गाउँपालिका वडा नं. २ मियापुरवा बस्ने वर्ष ५६ को ईस्तियाक अहमद शाहलाई रु. ३४,५०,००० (चौतिस लाख पचास हजार) बिगो तथा चेक बासन्स भएको मिति...
भारतीय सीमा क्षेत्रमा चिनियाँहरुको बिगबिगी, अपराधका घटनामा पनि बढे

भारतीय सीमा क्षेत्रमा चिनियाँहरुको बिगबिगी, अपराधका घटनामा पनि बढे

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – नेपालमा पछिल्लो समय बढ्दो आर्थिक अपराधका गतिविधिमा चिनियाँहरुको संलग्‍नता बढ्दोरुपमा देखिएको छ। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ। काठमाडौं महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन्। यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याइएको थियो। अपहरण गरिएकाहरुलाई प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो। नेपालमा आएर चिनियाँ नागरिक अपराधमा संलग्न देखिएको अपहरणको यो पछिल्लो घटना मात्र हो। अघिल्लो वर्षको फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए। २०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा ...
नेपालमा चिनियाँहरुको उपस्थितिले बढे अपराधिक घटना

नेपालमा चिनियाँहरुको उपस्थितिले बढे अपराधिक घटना

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेसँगै नेपालमा चिनियाँहरुको आवागमन बढ्दै गएको छ। चिनियाँहरुको आवागमन बढेसँगै नेपालमा अपराधिक घटनाहरुमा पनि वृद्धि भएको छ। यसरी नेपाल आउने चिनियाँ पर्यटकहरु भारतीय सीमा क्षेत्रमा पनि बढ्दो रहेको देखिएको छ। नेपालमा पछिल्लो समय बढ्दो आर्थिक अपराधका गतिविधिमा चिनियाँहरुको संलग्‍नता बढ्दोरुपमा देखिएको छ। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ। काठमाडौं महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन्। यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याइएको थियो। अपहरण गरिएकाहरुलाई प्...
म्यानमारमा नेपाली बेचबिखनमा सक्रिय चिनियाँ

म्यानमारमा नेपाली बेचबिखनमा सक्रिय चिनियाँ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ माघ – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ। उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश अपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन्। यसअघि सयौं चिनियाँहरु अपराधिक गतिविधिमा संलग्‍न भएको पाइएपछि पक्राउ गरिएको थियो। चिनियाँ सत्ताको दबाबमा यसरी अपराधिक गतिविधिहरुमा सक्रिय भएकाहरुलाई स्वदेश फिर्तासमेत गरिएको थियो। यसरी कुनै सजायबिना नै अपराधिक उन्मुक्ति पाएपछि अपराधका घटनामा संलग्‍नता थप बढेको तथ्यांकले देखाएको छ। चिनियाँ सुन तस्करहरुले पनि नेपाललाई आधार क्षेत्र बनाएको पाइएको छ। नेपालमा अपराधिक घटनामा संलग्‍न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन्। यसरी अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला ...
दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट हुँदा ८ जनाको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट हुँदा ८ जनाको मृत्यु

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै बिष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भयो । बिस्फोटलगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । बिस्फोटको कारण अझै खुल्न सकेको छैन । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । नेपालपाना...
नेपालमा चिनियाँहरुको अपराध रोक्न सरकारले ल्यायो कडा कानुन, अब प्रहरीले सिधै छापा मार्न सक्ने, यी हुन् शंकास्पद ठाउँहरु

नेपालमा चिनियाँहरुको अपराध रोक्न सरकारले ल्यायो कडा कानुन, अब प्रहरीले सिधै छापा मार्न सक्ने, यी हुन् शंकास्पद ठाउँहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – नेपालमा चिनियाँ नागरिकको अपराध रोक्न सरकारले कडा कानुन ल्याएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र अध्यागमन अधिकारीलाई आगामी दिनमा चिनियाँ नागरिकमा केन्द्रित हुने गरी नयाँ कार्यदिशा तय गरेका छन् । उनले नेपालमा चिनियाँ नागरिकले गर्ने विभिन्न आपराधिक र आर्थिक गतिविधिलाई रोक्नका लागि कुनै पनि चिनियाँ नागरिकमाथि स्वतन्त्ररुपमा छापा मार्न सक्नेगरी प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले कुनै पनि शंकास्पद चिनियाँ गतिविधिमा छापा मार्ने र कसैको डर र दबाब बिना स्वतन्त्र छापा मार्न सक्नेछ । गृहमन्त्रीले लागु गरेको नयाँ अप्रेसनको उद्देश्य नेपालमा चिनिया अवैध कार्यक्रमहरूलाई प्रभावकारी नियमन गर्न र चिनियाँ गैरकानूनी गतिविधिहरूलाई रोक्न तथा अवैध व्यापार सञ्चालन गर्न निरुत्साहित गर्नु रहेको गृह मन्त्रालयले जनाएको ...
एमाले बाँकेद्वारा खजुरा घटनाको घोर भत्सर्ना गर्दै न्यायको माग

एमाले बाँकेद्वारा खजुरा घटनाको घोर भत्सर्ना गर्दै न्यायको माग

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, २६ माघ – बाँकेको खजुरा गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी लिलाराज धामीलाई यहि मिति २०८० साल माघ २४ गतेका दिन खजुरा गाउँपालिका वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालयमा कार्य सम्पन्न भएको माटो पटान योजनाको प्राविधिक मूल्यांकन गर्न गएका बखत लिलाराज धामीमाथि खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले भौतिक रुपमा आक्रमण गरी कुटपिट गरेकोले सो कार्यको घोर भत्र्सना गर्दछौँ । उक्त कुटपिटपछि राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर भएकोले कुनै हालतमा पनि मनोवल कमजोर नगर्न, सत्य र नियम कानुन सम्मत कार्य गर्न अनुरोध छ ।राष्ट्रसेवक कर्मचारीले नियमित र कानूनले प्रदान गरेको कार्य गर्दा कार्यस्थलमा कुटपिट गर्नु, गालीगलौज गर्नु र अनावश्यक धम्की दिनु कुनै हालतमा क्षम्य हैन् । वडाध्यक्षले यस प्रकारको कार्य गर्नु गैर जिम्मेवारी, पदीय हैसियतको दुरुपयोग, मानव अधिकारको उल्लंघन र मानवीय कार...
कुटपिटबाट मुनिर खाँकाे मृत्यु

कुटपिटबाट मुनिर खाँकाे मृत्यु

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २४ माघ - सामान्य सरसफाईकाे विषयमा भएकाे कुटपिटबाट बाँकेको जानकी गाउँपालिका वडा नं. १ बढैयाका २२ वर्षीय युवक मुनिर खाँको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुनिर खाँको उपचारका क्रममा आज बुधबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिर खाँलाई कुटपिट गरी घाइते बनाएका थिए । उनकाे टाउकाेमा गम्भीर चाेट लागेकाे हुँदा ब्रेन डेट भएकाे तथा उनलाई आईसियुमा भेन्टीलेटरमा राखिएकाे उनकै गाउँलेहरूकाे भनाई रहेकाे छ ।यता उक्त घटनामा घाईते भई पीडित उपचाररत भएदेखि नै पीडक पक्षका सबै घरपरिवार सम्पर्क बिहिन भएकाे स्राेतकाे भनाई रहेकाे छ । मृतक मुनिरको शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई बुझाइएको छ ।मुनिरलाई कुटपिट गर्ने उक्त व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्या...
पाकिस्तान चुनाव: चुनावी चुनौतीको सामना गर्दै उत्पीडित धार्मिक अल्पसंख्यकहरू

पाकिस्तान चुनाव: चुनावी चुनौतीको सामना गर्दै उत्पीडित धार्मिक अल्पसंख्यकहरू

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ माघ – पाकिस्तानमा लाखौं धार्मिक अल्पसंख्यकहरू आगामी चुनावमी सरगर्मीबाट बाहिर छन्, जसलाई विश्वका धेरै देशहरूले उत्सुकतापूर्वक हेरिरहेका छन्। पाकिस्तानमा अल्पसंख्यकहरू उत्पीडनमा रहेका छन्। केही लाख संख्यामा रहेका धार्मिक अल्पसंख्यकहरूले पाकिस्तानमा चुनावको राजनीतिक प्रक्रियाका चुनौतीहरूको सामना गरिरहेका छन्। यी चुनौतीहरू राज्यका एजेन्सीहरू, इस्लामिक समूहहरूको लडाकु मनोवृत्ति, मूलधारका राजनीतिक दलहरूको उदासीनता र अल्पसंख्यकहरूलाई नागरिकको वास्तविक भावनालाई अस्वीकार गर्ने शक्तिशाली सेनाको व्यवस्थित अभियानले गर्दा उत्पन्न भएका हुन्। निर्वाचन आयोगको २०२२ को तथ्यांक अनुसार करिब १२ करोड २० लाख दर्ता भएका मतदाताहरूमध्ये करिब ४० लाख अल्पसंख्यक छन्। जसमध्ये २,०७३,९८३ हिन्दू १,७०३,२८८ ईसाई र अन्य अल्पसंख्यक १,७४,१६५ छन्। सन् २०१८ को तथ्यांकको तुलनामा, अल्पसंख्यक भोट शेयर लगभग चा...
पाकिस्तानमा आतंकवादको पुनरुत्थान

पाकिस्तानमा आतंकवादको पुनरुत्थान

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ माघ – पाकिस्तानमा हालैका महिनाहरूमा आतंकवादी गतिविधिहरुमा बढोत्तरी भएका छन्। विशेष गरी तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले युद्धविराम फिर्ता लिँदै र आफ्ना लडाकुहरूलाई देशव्यापी आक्रमणहरू पुनः सुरु गर्न आग्रह गरेपछि आतंकवादी गतिविधिहरु बढेका हुन्। सन् २०२१ को अगस्टमा अफगान तालिबानले अफगानिस्तानमा नियन्त्रण लिएपछि पाकिस्तानमा आतंकवादी हमलामा ५५ प्रतिशत वृद्धि भएको छ। आतंकवादको पुनरुत्थानले पाकिस्तानको आतंकवाद विरोधी लाभको कमजोरीलाई तीव्र रूपमा केन्द्रित गरेको छ। जबकि पाकिस्तानले अझ सक्रिय आतंकवाद विरोधी नीति अपनाउनुपर्नेछ, आतंकवादको पुनरुत्थानको अन्तर्निहित कारकहरूको विश्लेषण महत्त्वपूर्ण छ। किनकि समस्याको व्यापक बुझाइले सूचित नीति निर्माणको लागि मार्ग प्रशस्त गर्नेछ। पाकिस्तानमा पुनरुत्थान भएको आतंकवादमा योगदान गर्ने कारकहरूमध्ये प्रमुख भनेको तालिबानलाई समर्थन गर्ने...