Thursday, May 28सत्यम खबर
Shadow

बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना

नेपालगञ्ज, २८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्जमा रहेका मासु पसलको शुक्रबार अनूगमन गरेको छ । अनूगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ ।


अनूगमन टोलीले नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबाना सहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो ।
सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रिका लागि राखिएको पाइएको नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ ।
अनूगमन टोलीमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगन्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही लगायतको सहभागिता रहेको थियो ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले बजार अनूगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *