Tuesday, December 3सत्यम खबर
Shadow

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० स्थानीय लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएका थिए ।
त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामी पनि धेरै आएको नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले जानकारी दिए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
फिजिसियन डा. योगी सहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारती लगायतको चिकित्सक टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए ।
विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुरका स्थानीयको स्वास्थ्यप्रति आफू संवेदनशील रहेको र भविष्यमा पनि यस्ता शिविरको आयोजना गरिने शाहको भनाई छ । गाउँघरमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएको अध्यक्ष शाहले बताए । शिविरमा नरैनापुरका ६ वटै वडाका स्थानीयले स्वास्थ्य चेकजाँच गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *