Saturday, November 23सत्यम खबर
Shadow

भन्सार छलेर भित्र्याईएका पाँच लाख भन्दा बढीको सामान प्रहरी नियन्त्रणमा

नेपालगञ्ज, फागुन १५ गते । नेपालगन्ज भन्सार कार्यालयले मुख्य नाकामा जति सबै कडाई गरेपनि तथा सशस्त्र प्रहरीले सीमानामा जतिसुकै गस्ती गरेपनि भारतबाट भन्सार छलेर सामान भित्र्याउने क्रम भने रोकिएको छैन ।
यहाँस्थित सीमानाबाट अवैध रुपमा हुने तस्करी कम भएको जति सबै दावी गरिएपनि दिनदिनै भन्सार छलेर सामानहरु भित्रिने क्रम भने जारीनै रहेको छ ।
प्रहरीले दिनदिनै सीमापारीबाट ल्याईएका विभिन्न सामानहरु नेपालगन्ज पुगेपछि नियन्त्रणमा लिने गरेको पाइन्छ भने प्रतिवन्धित गरिएका कुखुरा, चल्ला र अण्डा समेत भित्रिरहेका छन् ।
सोही प्रकारले सीमापारीबाट लागु औषध स्मैक भित्रयाउनेहरु पनि जमुनाहा, नेपालगन्ज र कोहलपुरमा समेत पक्राउ परिरहेका छन् । यसैगरी चरेस लिएर भारत पस्नेहरुलाई पनि बेला बेलामा भारतीय सुरक्षाकर्मी एसएसबीले पक्राउ गर्दै आएको छ ।


पछिल्लो समयमा भारतबाट भन्सार छलेर भित्रयाईएको ठुलो परिमाणको लत्ता कपडा र अटो पार्ट पुर्जा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विहिबार एक विज्ञप्ती प्रकाशित गरेर नेपालगन्ज ७ गगनगन्ज लगायतको ठाउँबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याई जम्मा गरिएको लत्ता कपडा र अटो पार्टपुर्जा नियन्त्रणमा लिएको जनाएको छ ।
अवैध रुपमा चोरी पैठारी गरेर ल्याईएको सो सामानहरुलाई थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले प्रहरी सक्रिय भएर नै यसरी पटक पटक अवैध सामानहरु पक्राउ पर्ने गरेको बताउनु भयो । उहाँले प्रहरीले लागु औषध भित्र्याउने र भन्सार छलेर तस्करी गर्नेहरु विरुद्ध कडा रुपमा प्रस्तुत भैरहेकोलेनै धेरै घट्नाहरु बाहिर आइरहेको बताउनु भयो ।
यसमा झनै कडाई गरिने जनाउँदै उहाँले सो कार्यमा अन्य विभिन्न निकायको पनि सहयोग आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *