Thursday, March 12सत्यम खबर
Shadow

समाचार

मिस्टर एण्ड मिस स्कुल बाँकेको अडिशन शनिवारबाट शुरु हुदैं

मिस्टर एण्ड मिस स्कुल बाँकेको अडिशन शनिवारबाट शुरु हुदैं

कला/साहित्य, प्रदेश ५, समाचार
सोम गुरुङ, नेपालगन्ज १८ माघ / पिके इभेन्ट प्रालीको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को अडिशन शनिवारबाट नेपालगन्जमा शुरु हुने पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, प्राकृतिक सुन्दरता, नयाँ ज्ञानको कुराको विकास गर्दै व्यक्तित्व विकास गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएकोे पिके इभेन्ट प्रालिका संस्थापक अध्यक्ष प्रकाश कुँवरले बताए । यस अघि पिके प्रालिले नेपागन्जमा युवाहरुको व्यक्तिगत विकासका लागि फेस अफ नेपालगन्ज, स्कुल बाँके, एसइई नेपालगन्ज, लिटिल नेपालगन्जजस्ता कार्यक्रमहरु आयोजना गरिसकेको छ । २०७५ सालमा मिस्टर एण्ड मिस बाँकेको सफलतापछि दोस्रोपटक मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को आयोजना गर्न लागिएको बताए । माघ १९ देखि अभ्यास सुरु हुने मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को फिनाले भने फागुनको पहिलो हप्ता हुने पत्...
सम्वाद समूह, बाँकेको पहल   बाँके र बर्दिया प्रदेश ६ मा गाभ्ने संघर्षमा सम्वादको सहजीकरण

सम्वाद समूह, बाँकेको पहल बाँके र बर्दिया प्रदेश ६ मा गाभ्ने संघर्षमा सम्वादको सहजीकरण

प्रदेश ५, राजनीति, समाचार
नेपालगञ्ज माघ १३ । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गराउने तयारी स्वरुप नेपालगञ्जमा थालीएको संघर्षप्रति चासो राख्दै सम्वाद समूह बाँकेले सम्भावित द्धन्द्धलाई दृष्टीगत गर्दै सहजीकरण गर्ने भएको छ । प्रदेश ५ को राजधानी बुटवलका लागि पहल भएपछि नेपालगन्जलाई पूर्णत उपेक्षा गरेको भन्दै पछिल्लो चरण ‘कर्णालीमा गाभिने’ पहललाई तिव्रता दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा नगर प्रमुख डा धवल शम्शेर राणाको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरि राजनीतिक दल, जनप्रतिनीधी लगायतसँगको छलफललाई तिव्रता दिइएपछि समूहले सम्भावित विवाद तथा द्धन्द्ध न्यूनीकरणका लागि सुक्ष्म विश्लेषण सहित सम्वाद सहजीकरण प्रक्रिया शुरु गरेको हो । संघर्षको स्वरुप, सम्भावित सवाल÷बहस र सम्वाद समूहले गर्न सक्ने सहजीकरणका विषयमा सोमबार समीतिका पदाधिकारी तथा सरोकारवालासँग प्रारम्भिक अन्तरसम्वाद गरेको हो । बाँके बर्दिय...
नेपालगञ्जमा समावेशी प्यानलले निकाल्यो बिजय जुलुस

नेपालगञ्जमा समावेशी प्यानलले निकाल्यो बिजय जुलुस

प्रदेश ५, समाचार
नेपालगञ्ज माघ १३ । नेपालगञ्जको व्यावसायीहरुको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अव्दुल वाहिद मन्सुरी चुन्ना विजयी भएका छन् । बिजय संगै नेपालगंजमा रयाली निकालीएको छ । र्‍यालीले नेपालगंजका मुख्य मुख्य चोक परिक्रमा गरेर बिजय जुलुस सम्पन्न गरेको छ । गत शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्दी साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारलाई २७६ मतान्तरले पछाडि पर्दै विजयी भएका हुन । चुन्नाले एकहजार ५ सय १० मत प्राप्त गरि अध्यक्षमा विजयी हुँदा प्रतिष्पर्धी ललितकुमार रौनियारले एकहजार २ सय ३४ मत प्राप्त गरेका थिए । १९ सदस्यीय कार्यसमितिमा चुन्ना वहुमतसहित विजयी भएका छन् । उपाध्यक्ष उद्योगमा समावेशी प्यानलका आदेशकुमार अग्रवालले एक हजार ३ सय ७३ मत प्राप्त गरि विजयी भए उनका प्रतिष्पर्धी तपेन्द्र शाहले एकहजार ३ सय ६७ मत प्राप्त गरे । उपा...
नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा अध्यक्ष पदमा चुन्ना विजय

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा अध्यक्ष पदमा चुन्ना विजय

प्रदेश ५, समाचार
नेपालगञ्ज माघ १२ गते । नेपालगञ्ज उधोग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्यानलका तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएका अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले साझा प्रजातान्त्रिक समुहका तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएका ललित कुमार रौनियारलाई पराजित गर्दै (चुन्ना) विजय भएका छन् । शनिबार सम्पन्न निर्वाचनको आज भएको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१० मतका साथ निर्वाचित भएका हुन् भने उनका प्रतिद्धन्दी रौनीयारले १२३४ मतका साथ पराजीत भएकाछन् । उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित भएकाछन्, भने बाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित भएकाछन् । अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए । संघको निर्वाचन परिणाम अन...
उद्योग बाणिज्य संघको निर्वाचन मतदान सम्पन्न, २७९० मत खस्यो

उद्योग बाणिज्य संघको निर्वाचन मतदान सम्पन्न, २७९० मत खस्यो

आर्थिक, प्रदेश ५, समाचार
बाँके माघ ११ गते । नेपालगञ्ज उद्योग बाणीज्य संघको आसन्न निर्वाचन शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी सुरु भएको थियो मतदानमा टोटल २७९० मत खसेको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको छ । आज भएको निर्वाचनमा नेपालगञ्जमा ३०५० मतदाता रहेका थिएँ । बेलुका ५ बजे सम्म सन्चालन भएको मतदानमा टोटल २७९० मत खसेको छ । भने मतदान शान्त र सवार्दपुर्ण तरिकाबाट अगाडि बढेको निर्वाचन निर्वाचन अधिकृत टिका जंग शाही ले जानकारी गराए । निर्वाचनमा सहज र सरल तरीकाले गराउन १२ वटा बुथ सन्चालन गरिएको थियो भने बाक्लो मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको थियो । चुनाव मतगणना भोलि बिहान बाट सुरु गर्ने जनाएको छ ।...
नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा २२०० मत खस्यो

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा २२०० मत खस्यो

समाचार
बाँके माघ ११ गते । नेपालगञ्ज उद्योग बाणीज्य संघको आसन्न निर्वाचन शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी सुरु भएको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान भइरहेको छ । आज भएको निर्वाचनमा नेपालगञ्ज ३०५० मतदाताले भोट गर्दै छन । यो समचार तयार पार्दा सम्म २२०० मत खसेको छ भने मतदान शान्त र सवार्दपुण तरिकाबाट अगाडि बढेको निर्वाचन सायक निर्वाचन अधिकृत शान्ता पोख्रेल ले जानकारी गराईन । निर्वाचनमा सहज र सरल तरीकाले गराउन १२ वटा बुथ सन्चालन गरिएको छ भने बाक्लो मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको छ । चुनाव ५ बजे सम्म हुने र माहोल बुझेर मतगणना सुरु गर्ने जनाएको छ ।...
७४ घरपरिवारले पनि ७५ दिन जनश्रमदान गरे

७४ घरपरिवारले पनि ७५ दिन जनश्रमदान गरे

समाचार
सल्यान माघ ९ गते । खानेपानीको तिब्र समस्या झेलीरहेका सल्यान उनवाङका ७४ घरपरिवार लिफ्ट प्रणाली मार्फत खानेपानीको सुविधा पाएपछि खुशी भएका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङमा सोलार पम्पीङ खानेपानी योजना सञ्चालन भएपछि उनीहरु खुसी भएका हुन् । अहिले सम्म खानेपानीको जोहो गर्दैमा समय वितेको गुनासो गर्ने उनवाङ निवासि पानसरी दमाई वस्ती भन्दा धेरै तलको पानी माथी तानेर खान पाईने भएपछि निकै हर्षित भएकि छिन् । काददुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालले योजना सञ्चालन गरेको हो । जसमा ७४ घरपरिवारले पनि ७५ दिन सम्म जनश्रमदान गरेका छन् । खानेपानीको निकै समस्या झेलेका उपभोक्ताहरुले स्वस्फुर्त रुपमा ३८ लाख ८५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिए । उनका अनुसार हरेक घरमा धारा निर्माण गरिने छ । सोलार पम्पीङ खानेपानी योजनाको सफल परीक्षण भ...
दाङमा मुख्यमन्त्री, मन्त्री र सभामुखले गरे पहिलो मतदान

दाङमा मुख्यमन्त्री, मन्त्री र सभामुखले गरे पहिलो मतदान

प्रदेश ५, राजनीति, समाचार
दाङ माघ ९ गते । दाङ – बिहान ९ बजे नै प्रदेशसभा सदस्य तथा स्थानीय पालिकाका प्रमुख–उपप्रमुख मतदान गर्न लाइन लागिसकेका थिए । दश बजेपछि मतदानका लागि प्रवेशद्वार खुल्यो । मुख्यमन्त्री, मन्त्री र सभामुख पहिले नै मतदान स्थलमा पुगिसकेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरे । मतदानमा सहभागी हुँदै उनले प्रजातान्त्रिक अभ्यासको प्रयोग गरिएको बताए । बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ । कर्मचारी मिलनकेन्द्र ‘क’ मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गरिरहेका छन् भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले मतदान गरिरहेका छन्। यो प्रदेशमा कूल तीन सय पाँचजना मतदाता रहेका छन्। प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका लागि छुट्टाछुट्टै रङका मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य...
अधुरै रहे स्व.खड्काका सपना

अधुरै रहे स्व.खड्काका सपना

प्रदेश ५, समाचार
सरला सुबेदी कोहलपुर माघ ८ गते । नेपाल कम्युनिष्ट पाटी नेकपा बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष तथा नेपाल कम्युनिष्ट नेकपा बाँके जिल्ला कमिटि सदस्य कमरेड कृष्ण खड्काको नवौ दिनमा कोहलपुर १२ स्थित स्व.खड्काको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। स्व.खड्काको निधन भएको नवौँ दिनमा नेकपा बाँकेले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्यमन्त्री तथा बाँके ईन्चार्ज दिनेशचन्द्र यादवले कोहलपुर १२को समग्र विकासमा स्व. खड्काले अतुलनिय योगदान गरेको बताए ।उनले स्व. खड्का भौतिक शरिर हामी माझ नरहे साथ पनि विचार र राजनीतिक दृष्टिकोणले अनन्तकाल सम्म कम्युनिष्ट पार्टीमा उनि जीवितै रहने बताए। नेकपाका प्रदेश कृषि मन्त्री आरती पौडेलले आफ्नो वडालाई शैक्षिक हवको रुपमा बिकास गर्ने भनेर देखेको सपना पुरा गर्न आफु अनि प्रदेश बाट गर्नु पर्ने हर सहयोग गर्ने प्रतिबद...
विभिन्न पदक जितेका खेलाडी व्यवसायीको हकहितका लागि सदस्य पदमा उम्मेद्वार: अन्सारी

विभिन्न पदक जितेका खेलाडी व्यवसायीको हकहितका लागि सदस्य पदमा उम्मेद्वार: अन्सारी

प्रदेश ५, समाचार
नेपालगञ्ज माघ ७ गते । यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि अहिले नेपालगंजको चुनावी सरगमी बढेको छ । अहिले ब्यापारीहरुलाई आफ्नो ब्यापार भन्दा पनि चुनावी सरगर्मीले छोएको छ । उनिहरु घरदैलोमा व्यस्त देखिन्छन् । हरेक दिन नगरका टोल टोलमा उनिहरु चुनावका लागि दौडधुप गर्दै आएका छन् । यस्तै संघको चुनावका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट सदस्य पदका उम्मेद्वार बदरुद्दिन अन्सारीले लामो समय दुग्ध व्यवसायीमा लागेको हुनाले व्यवसायीहरुको समस्यालाई नजिकबाट केलाएको जानकारी गराउनुभयो । नगरबाटै लामो समय व्यवसाय गरेको हुनाले व्यवसायीहरुको पिर मर्का राम्ररी बुझेको हुनाले चुनावमा जिते भने व्यवसायीले दुख नपाउने उहाँले बताउनुभयो । दुग्ध व्यवसायीमा लामो समय विताएको हुनाले गाउँ बस्तीका किसानले उत्पादन गरेको दुग्धलाई व्यवसायीकरण गरि उनिहरुको समस्याको समाधान गर्ने स...