Thursday, November 21सत्यम खबर
Shadow

मिस्टर एण्ड मिस स्कुल बाँकेको अडिशन शनिवारबाट शुरु हुदैं

सोम गुरुङ, नेपालगन्ज १८ माघ / पिके इभेन्ट प्रालीको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को अडिशन शनिवारबाट नेपालगन्जमा शुरु हुने पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।
युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, प्राकृतिक सुन्दरता, नयाँ ज्ञानको कुराको विकास गर्दै व्यक्तित्व विकास गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएकोे पिके इभेन्ट प्रालिका संस्थापक अध्यक्ष प्रकाश कुँवरले बताए । यस अघि पिके प्रालिले नेपागन्जमा युवाहरुको व्यक्तिगत विकासका लागि फेस अफ नेपालगन्ज, स्कुल बाँके, एसइई नेपालगन्ज, लिटिल नेपालगन्जजस्ता कार्यक्रमहरु आयोजना गरिसकेको छ । २०७५ सालमा मिस्टर एण्ड मिस बाँकेको सफलतापछि दोस्रोपटक मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को आयोजना गर्न लागिएको बताए । माघ १९ देखि अभ्यास सुरु हुने मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को फिनाले भने फागुनको पहिलो हप्ता हुने पत्रकार सम्मेलनमा बताईएको छ । अडिसन भने निःशुल्क हुने आयोजकले बताएको छ ।अडिसनमा नेपालगन्ज, खजुरा, राझा, कोलहपुरलगायतका क्षेत्रबाट करिब ५० जनाको सहभागिता रहनेछ ।
अडिसनमा मिस नेपाल २०१७ को सहभागी रिया श्रेष्ठ, फेस अफ नेपालगन्ज सिजन–२ का विजेता ऋतिका शर्मा र प्रज्वल कार्कीले निर्णायको रुपमा भूमिका निर्वाह गर्ने भएका छन् । मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को सहभागीहरुलाई फिलिपिन्समा भएको मिस्टर टिन ग्लेन इन्टरनेसनल विजेता मन्जिस गिरीले कोरियाग्राफी गर्नेछन् । पत्रकार सम्मेलनमा निल सागर सेवा आश्रम, नेपालगन्जका उपाध्यक्ष अमन सुबेदी, शाक्य ज्वेलर्सका ईन्द्रमान शाक्य, स्कुल बाँकेका विजेता सन्देश वाग्ले र स्कुल बाँकेको फस्ट रनरअप समन थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *