Thursday, November 21सत्यम खबर
Shadow

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा अध्यक्ष पदमा चुन्ना विजय

नेपालगञ्ज माघ १२ गते । नेपालगञ्ज उधोग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्यानलका तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएका अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले साझा प्रजातान्त्रिक समुहका तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएका ललित कुमार रौनियारलाई पराजित गर्दै (चुन्ना) विजय भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनको आज भएको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१० मतका साथ निर्वाचित भएका हुन् भने उनका प्रतिद्धन्दी रौनीयारले १२३४ मतका साथ पराजीत भएकाछन् ।

उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित भएकाछन्, भने बाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित भएकाछन् ।

अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए ।

संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा, साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी भएका छन् ।

एसोसियट तर्फ साझाबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट निर्वाचित भए भने बस्तुगत तर्फ साझाबाट सलाउद्दीन जसगढ निर्वाचित भएका थिए । अर्को बस्तुगत सदस्यको मत बराबर भएको निर्वाचन समितीले जनाएको छ ।
अब्दुल वाहिद मन्सुरी चुन्ना उद्योग, व्यवसायका निडर, इमानदार र असल नेता हुनुहुन्छ भने नेपालगन्जको विविधतायुक्त समाजका लागि अनुकरणीय व्यक्ति हुनु ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले बरिष्ठ उपाध्यक्ष रहनुभएका चुन्ना नेपालगन्ज किराना तथा खाद्यन व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका चुन्ना अब उधोग बाणिज्य संघको नेतृत्व गर्ने भएका छन् । मुस्लिम समुदायबाट पहिलोपटक अध्यक्ष बनेका चुन्ना केहि नयाँ कार्य गरेर देखाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *