नेपालगञ्ज माघ ७ गते । यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि अहिले नेपालगंजको चुनावी सरगमी बढेको छ । अहिले ब्यापारीहरुलाई आफ्नो ब्यापार भन्दा पनि चुनावी सरगर्मीले छोएको छ । उनिहरु घरदैलोमा व्यस्त देखिन्छन् । हरेक दिन नगरका टोल टोलमा उनिहरु चुनावका लागि दौडधुप गर्दै आएका छन् । यस्तै संघको चुनावका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट सदस्य पदका उम्मेद्वार बदरुद्दिन अन्सारीले लामो समय दुग्ध व्यवसायीमा लागेको हुनाले व्यवसायीहरुको समस्यालाई नजिकबाट केलाएको जानकारी गराउनुभयो । नगरबाटै लामो समय व्यवसाय गरेको हुनाले व्यवसायीहरुको पिर मर्का राम्ररी बुझेको हुनाले चुनावमा जिते भने व्यवसायीले दुख नपाउने उहाँले बताउनुभयो । दुग्ध व्यवसायीमा लामो समय विताएको हुनाले गाउँ बस्तीका किसानले उत्पादन गरेको दुग्धलाई व्यवसायीकरण गरि उनिहरुको समस्याको समाधान गर्ने संघका सदस्यका उम्मेद्वार अन्सारीले बताउनुभयो । लामो समय जय बागेश्वरी दुग्ध उत्पादन सेवा केन्द्रबाट व्यवसाय सुरु गरेको सदस्यका उम्मेद्वार अन्सारीले नजिकबाट व्यवसायीको समस्या बुझेको हुनाले चुनावमा जितेपछि उनिहरुको समस्या पनि नजिकबाट केलाउने जानकारी गराउनुभयो ।