Thursday, March 12सत्यम खबर
Shadow

अधुरै रहे स्व.खड्काका सपना

सरला सुबेदी कोहलपुर माघ ८ गते ।
नेपाल कम्युनिष्ट पाटी नेकपा बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष तथा नेपाल कम्युनिष्ट नेकपा बाँके जिल्ला कमिटि सदस्य कमरेड कृष्ण खड्काको नवौ दिनमा कोहलपुर १२ स्थित स्व.खड्काको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। स्व.खड्काको निधन भएको नवौँ दिनमा नेकपा बाँकेले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्यमन्त्री तथा बाँके ईन्चार्ज दिनेशचन्द्र यादवले कोहलपुर १२को समग्र विकासमा स्व. खड्काले अतुलनिय योगदान गरेको बताए ।उनले स्व. खड्का भौतिक शरिर हामी माझ नरहे साथ पनि विचार र राजनीतिक दृष्टिकोणले अनन्तकाल सम्म कम्युनिष्ट पार्टीमा उनि जीवितै रहने बताए।

नेकपाका प्रदेश कृषि मन्त्री आरती पौडेलले आफ्नो वडालाई शैक्षिक हवको रुपमा बिकास गर्ने भनेर देखेको सपना पुरा गर्न आफु अनि प्रदेश बाट गर्नु पर्ने हर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन ।प्रदेश सदस्य नरेन्द्र न्यौपाने,बाँके जिल्ला कमिटि सदस्य सुर्य ढकाल,नारायणी वली, नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार शाहले अध्यक्ष तथा बाँके जिल्ला नेता स्व.कृष्ण खड्काको जनता सँगको सम्बन्ध,पार्टीमा योगदान र विकास निमार्णमा सकृयता साथ आज सम्म दिएको योगदानको चर्चा गर्दै शोक मा डुबेको परिवार लाई समबेदना प्रकट गर्दै उहाले देखेको सपना पुरा गर्न लागि पर्ने कुरा बताएका थिए ।श्रद्धाञ्जली सभा मा माननिय महेश्वर गहतराज अथक, कृष्ण केसि नमुना लगायत नेकपाका नेता कार्यकर्ता लगायत वडाबासिको बाक्लोउपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *