डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन
डुडुवा, २६ चैत – डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत पाँच शैय्याको आधारभुत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ ।
मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४ सै घण्टा सेवा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेशी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा तथा औषधी वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताउनुभयो ।
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका विच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सिमित साधन स्रोतबाट आधारभ...









