Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

चीनको जबरजस्ती अंग काट्ने अभ्यासको निन्दा गर्दै कारवाही गर्न विश्वभरीका चिकित्सकहरुको मॅाग

चीनको जबरजस्ती अंग काट्ने अभ्यासको निन्दा गर्दै कारवाही गर्न विश्वभरीका चिकित्सकहरुको मॅाग

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० साउन – दुई अन्तर्राष्ट्रिय चिकित्सा नैतिकता समूहहरूले जी-७ र अन्य धेरै देशहरूलाई चिनियाँ कम्युनिष्ट शासनको विवेकका जीवित बन्दीहरू विशेष गरी फालुन गोंग व्यवसायीहरूबाट जबरजस्ती अंग काट्ने अपराधहरू विरुद्ध कारबाही गर्न आग्रह गर्दै निवेदन सुरु गरेको न्यूयोर्क शहरमा आधारित एनटीडीले रिपोर्ट गरेको छ। युग टाइम्सवाशिंगटनमा आधारित चिकित्सा जातीय समूहहरू डाक्टर्स अगेन्स्ट फोर्स्ड अर्गन हार्वेस्टिङ (DAFOH) र अन्तर्राष्ट्रिय गठबन्धन टु एन्ड ट्रान्सप्लान्ट एब्यूज इन चाइना (ETAC) ले यस हप्ताको सुरुमा एक विज्ञप्तिमा भनेका थिए कि उनीहरूको याचिका ‘मौनको ठूलो पर्खाल’ भत्काउने उद्देश्यले बनाइएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) एफओएच (फोर्स्ड अर्गन हार्वेस्टिङ) को अत्याचारको वरिपरि। विज्ञप्तिमा भनिएको छ, जबर्जस्ती अंग काट्ने (एफओएच) अंगको तस्करीको एक रूप हो जुन चिनियाँ राज्यले आफ्नो आस्थ...
चिनियॅा कम्पनीले ठेक्का हड्पेर काम नगरेपछी एडीवी अन्तर्गतका सडक बन्न सकेन, वेईजिङसम्म पुग्यो कुरा!

चिनियॅा कम्पनीले ठेक्का हड्पेर काम नगरेपछी एडीवी अन्तर्गतका सडक बन्न सकेन, वेईजिङसम्म पुग्यो कुरा!

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० साउन – २०७५ चैत ८ मा स्तरोन्नति थालिएको नारायणगढ–बुटवल सडकको प्रगति अहिलेसम्म ५२.५ प्रतिशत पुगेको छ । ११३ किलोमिटर सडक मध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किमि ३ लेन, ६४ वटा पूल, ४ सय ६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ । जसअनुसार अहिलेसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र, ४२ वटा पुल, ३ सय ८० वटा कल्भर्ट निर्माण गरिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनी पत्र दिइसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएक...
१५ महिलासहित ५० जनाले गरे रक्तदान

१५ महिलासहित ५० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ साउन – दैलेखी समाज बाँके १९ औं स्थापना दिवस तथा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा १५ महिला सहित ५० जनाले शनिवार रक्तदान गरेका छन् । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगज्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय ट्र प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी समाज बाँके नेपालगन्जका अध्यक्ष पूर्णदेव गिरी र कार्य समिति सदस्य पूर्णकुमारी थापाले प्राविधिक सन्दिप आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्य समिति सदस्य मीनबहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ओय ट्र प्रो की सञ्चालक रितिका थारु, समाजका वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाले प्राविधिक निलम भुषाललाई रगत संकलन गर्ने पाकेट संयुक्त रुपमा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । दैलेखी समाज बाँकेका नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरी, समाजका वरिष्ठ उप...
शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस

शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विदेशमा गरेको भुक्तानीको वैधता स्पष्ट छैनः प्रतिवेदन काठमाण्डौ, १४ साउन – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विवादसँगै चर्चामा आएको एउटा नाम हो भावना सिंह श्रेष्ठ । सामाजिक सञ्जालदेखि गुगल सर्च इन्जिनसम्म खोज्दा मुस्किलले उनका केही तस्बिर भेटिइन्छन्‌ । नेपाली उद्योग व्यवसाय जगतमा सार्वजनिक रूपमा नदेखिए पनि ‘जायन्ट’ टेलिकम कम्पनी एनसेलको २० प्रतिशत शेयर स्वामित्व भएकी मालिक हुन् उनी । एनसेलमा सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको तर्फबाट स्थानीय शेयर स्वामित्व कायम गर्दै आएकी श्रेष्ठ लगानीको स्रोत र करछलीको विषयमा विवादित बन्दै आएकी छन् । उनले एनसेलमा अर्बौं बराबरको शेयर गैरकानूनी स्रोतबाट खरिद गरेको र गैरकानुनी रूपमा नै देशबाहिर कारोबार गरेर राज्यलाई कर छली गरेको राज्यका विभिन्न निकायको प्रतिवेदन तथा अनुसन्धानमा देखिएको छ । एनसेलको शेयर खरिद-बिक्रीको लामो श...
जेसिजको दुई दिने तालिम सम्पन्न

जेसिजको दुई दिने तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ साउन – जेसिज नेपालगन्जको आयोजनामा ‘२०२४ इमपाउरि· एसजी फुलि· द फ्युचर’ सम्बन्धी दुई दिने तालिम दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको प्रमुख आतिथ्यतामा शुभाराम्भ गरिएको दुई दिने तालिममा सहभागीहरुलाई कसरी उच्च प्राथमिकता साथ आउने दिनमा सफल र सक्षम बनाउन सकिन्छ भन्ने बारे सिकाईएको जनाईएको छ । तालिममा माईनट कसरी लेखिन्छ, फ्रेम वार्क कसरी गरिनेछ, मिटि· कसरी बोलाउने, शाखालाई कसरी मजबुत बनाउन सकिन्छ लगायत विषय समेटिएको थियो भने तालिममा नेपाल जेसिजका ५६ एरिया डि टिमको शाखा तथा त्यसका ५६ जना महासचिवहरुलाई सहभागिता रहेको थियो भने अन्य नन एरिया डि बाट थप गरी १०० बढीको सहभागिता रहेको थियो । उक्त तालिमको आयोजना नेपाल जेसिजले गरेको थियो भने होस्ट नेपालगन्ज जेसिजले गरेको थियो । कार्यक्रमको अध्यक्षता नेपालगन्ज जेसिजका अध्यक्ष आदित्यकुमार गुप्ताले गरेका ...
विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १४ साउन – सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ । साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए । बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उनले बताए । त्यस्तै बैठकले बिभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । बैठकले नेपाल विश्वविद्यालय ...
चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – चिनियाँ राजदूत चेन सङ एकपछि अर्काे विवादित टिप्पणी गर्न थालेका छन्। नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस खोजीको विषयमा सङको टिप्पणी आएको हो। दुई बसको खोजीकार्यमा भारत र नेपालको संयुक्त टोली परिचालन भएको थियो। भारतीय टोली फर्किसकेको छ भने नेपाली टोलीले खोजी कायमै राखेको छ। तर, भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूली नदीमा शनिबार हराएको थियो। यद्यपि चुम्बक फेला परिसकेको छ। सङले चुम्बक हराएको समाचारमा टिप्पणी गर्दै ‘चुम्बक खोज्न’ आग्रह गरेका छन्। उनले ‘नागरिक’ दैनिकमा प्रकाशित उक्त समाचारको लिंकमा उक्त कमेन्ट गरेका थिए। राजदूत चेन सङले थप कमेन्टमा लेखेका छन्, ‘कतिपय व्यक्तिले कमेन्ट गर्नु अनुपयुक्त भनी तर्क गरेका छन्। मेरो जवाफ- कमेन्टमा के गल्ती छ? खोजीकार्य सबै माध्यमद्वारा अगाडि बढाउनु पर्दैन? यदि खोजीकार्यलाई गति दिन चुम्बक चा...
सौर्य एयरलाइन्स दुर्घटनाः पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब

सौर्य एयरलाइन्स दुर्घटनाः पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – ९ असारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो। यो दुर्घटनामा पाइलटबाहेक बाँकी सबै १८ जनाको ज्यान गयो। यसअघि भद्रपुर र विराटनगर व्यवसायिक उडान भरेको यो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानमा जान लागेको थिएन। ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज पोखरा उड्दै थियो । विमान पोखरा पठाइनुमा कारण जोडिन्छ । पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब। ह्याङ्गर ठाउँ उपलब्ध भएको ठाउँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिन सकिने विमानलाई नयाँ विमानस्थलका लागि आम्दानी आर्जन गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको थियो। यस घटनाले देशको उड्डयन पूर्वाधारको व्यवस्थापनमा प्राथमिकताको बारेमा बहस सुरु गरेको छ । केहीले यो घटना हुनुमा पीआईएमा आयआर्जन गर्न दबाब, सम्भवतः चिनियाँ ऋणको भुक्तानी ...
चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – नारायणगढ–बुटवल सडक विस्तारमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलेले चरम लापरवाही गरेको छ। ६ वर्षमा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सुरुको सम्झौता अनुसार दुई वर्ष अघि नै निर्माणको काम सकिनुपर्ने भएपनि कम्पनीले लापरवाही गर्दा नेपाली जनताले दुख पाइरहेका छन्। दुवै साइड गरेर साढे २६ किलोमिटर मात्र सडक कालोपत्र भएको छ । योबीचमा दुई पटक म्याद थप गरिए पनि प्रगति भएको थिएन। सडक विभागले फेरि एक वर्षको म्याद थप गरेको छ। अब २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो । ११३ किलोमिटर सडक विस्तारका लागि ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो। आयोजना निर्देशनालयका अनुसार म्याद थप नगरी ठेक्का तोड्ने प्रक्रियामा गए फेरि नयाँ ठेक्का गर्न समय लाग्ने र लागत बढ्ने भएकाले एक वर्ष म्याद थप गरिएको हो। एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सड...
खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – नेपालगन्जका सुप्रसिद्ध साहित्यकार, गजलकार, गायक, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको यस वर्षको पुरस्कार चर्चित गजलकार खगेन्द्र गिरि “कोपिला”लाई आज शनिबार प्रदान गरिएको छ । आज शनिवार भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार “कोपिला”लाई प्रदान गरिएको हो । पुरस्कृत साहित्यकार “कोपिला”लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । प्रेम प्रकाश मल्लको ८९ औं जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको सो समारोहमा भेरी साहित्य समाजद्वारा प्रकाशित बाँके शताब्दी साहित्य ग्रन्थ प्रकाशनमा सहयोग गर्ने स्थानीय निकाय तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु ...