महिला पुरुष गरी १ सय ३२ जनाले गरे रक्तदान
नेपालगन्ज, २ भाद्र – बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा शनिवार रक्तदान गरेका छन् ।
“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता : संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भाद्र १ गते शनिवार गरिएको थियो ।
आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमु...









