गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)
नेपालगन्ज, ४ भाद्र – नेवाः संस्कृति र परम्परा अनुसार आज मंगलवार गार्ईजात्रा साःपारु महोत्सव नेपालगन्जमा भव्य रुपले मनाईएको छ ।
नेवाः संस्कृति र परम्परा गाईजात्रा महोत्सव बिहान ८ बजेबाटै सुर्खेतरोड स्थित स्वस्तिक कटेज रेष्टुरेन्टमा भेला भई मनाउने तयार गरिएको भएपनि बिहान परेको अबिरल वर्षाका कारण केही ढिलो हुन पुगेको थियो ।
वर्ष निकास भएपछि शुरु भएको नेवाः संस्कृति र परम्परागत रुपमा मनाईने गाईजात्रा महोत्सव भुरे स्कुल घरवारी टोल हुँदै धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पार्कमा समापन गरिएको नेवा देय दबू, बाँकेका निवर्तमान संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नेवाः पुचः बाँकेको आयोजना तथा नेवाः देय दबू, बाँके लगायत सबै नेवाः गुठीहरुको सहआयोजनामा सम्पन्न उक्त गाईजात्रा कार्यक्रममा समस्त नेवार तथा गैर नेवार समुदायलाई सहभागिताको ला...









