Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

‘सहकारी समाजवादको पाठशाला हो’– बाँस्कोटा

‘सहकारी समाजवादको पाठशाला हो’– बाँस्कोटा

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १२ असाज – राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले सहकारी समाजवादको पाठशाला भएकाले राजनीतिक दलहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको तदर्थ समितिका संयोजक समेत रहेका बाँस्कोटाले सोमबार सहकारी बैंकले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । सहकारी जति सफल भयो समाजवाद त्यति दिगो हुन्छ, बाँस्कोटाले भन्नुभयो, संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य बनाउने भनेर मात्रै हुदैन, त्यसको विकासका लागि सहकारी क्षेत्रको प्रवद्र्धन अपरिहार्य छ ।जनतालाई आर्थिक रुपमा सक्षम बनाउनदेखि प्रजातान्त्रिक अभ्यासमा समेत सहकारीको महत्वपूर्ण भूमिका रहदै आएको छ, तर सहकारी क्षेत्रले जनतालाई वित्तीय रुपमा सक्षम बनाउन, सामाजिक रुपमा सचेत बनाउन खेलेको भूमिका प्...
नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ११ असोज – नेपाल भारत सीमा तत्काल खोल्न राष्ट्रिय जनता पार्टी नरैनापुर बाँकेले नरैनापुर गाउँपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाल भारत सीमा बन्द लकडाउन रहेको कारण जनजीवन अस्तव्यस्त भएको र सीमा बन्दका कारण सामाजिक, आर्थिक, सांस्कृतिक समस्या उत्पन्न हुनुका साथै तस्करी एवं कालोबजारी समेत मौलाएको उल्लेख गरिएको छ । कोभिड–१९ को महामारी रोकथामको लागि नेपाल भारत सीमा बन्द गरिए पनि कोरोनामा कमी आउन नसकेको, अन्तर्राष्ट्रिय, राष्ट्रिय हवाई मार्ग सञ्चालनमा रहेको र सार्वजनिक यातायात समेत सञ्चालन भएको हुँदा नेपाल सीमा बन्द गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय जनता पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पूर्व र दक्षिण भारतीय सिमानासँग जोडिएको नरैनापुरका आम जनसामुदायले स–सानो व्यापार ...
फुल्टेक्रामा धार्मिक आस्थाका मठमन्दिर जिर्ण हुँदै, मर्मत सम्भारको परखाईमा

फुल्टेक्रामा धार्मिक आस्थाका मठमन्दिर जिर्ण हुँदै, मर्मत सम्भारको परखाईमा

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भारको परखाईमा जिर्ण हुँदै गएको छ । धार्मिक आस्थाको रुपमा रहेको फुल्टेक्रा स्थित जगन्नाथी मन्दिर मर्मत सम्भारको परखाईमा । तस्वीर : सत्यमखबर उक्त जिर्ण आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयलाई पटक–पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरेको पाईन्छ । स्थानीय युवा हितेश भारतीका अनुसार यस टोलमा भएका सम्पूर्ण धार्मिक आस्थाका रुपमा रहेका मन्दिर, सार्वजनिक जग्गाआदिलाई कसैले कब्जा गर्नु अगावै केही बजेटमार्फत मर्मत सम्भार र घेराबन्दी गर्नु उपयुक्त हुनेछ । धार्मिक आस्थाको रुपमा...
श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ९ असोज – प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज विहिबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको छ । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई विरुद्ध सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२÷०६३ को आन्दोलन पश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने असोज १२ गतेसम्म रहने छन् । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ, ‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्व...
खयरभट्टीमा सशस्त्र प्रहरीको विओपी राख्ने तयारी

खयरभट्टीमा सशस्त्र प्रहरीको विओपी राख्ने तयारी

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, ९ असोज – बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा सशस्त्र प्रहरी बलको विओपी क्याम्प स्थापना गरिने भएको छ । करिव डेढ दशक अघि पत्ता लागेको नयाँ बस्तीका रुपमा परिचित उक्त ठाउँमा सरकारले सशस्त्र प्रहरीको विओपी क्याम्प स्थापना गर्न लागेको हो । विओपी क्याम्प स्थापनाका लागि त्यस क्षेत्रमा पुगेर जनप्रतिनिधी, सुरक्षाकर्मी लगायतले स्थलगत निरीक्षण गरेका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधी, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे । स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधी, सुरक्षा निकायका...
भारतद्वारा नेपाललाई डेढ अरब सहयोग हस्तान्तरण

भारतद्वारा नेपाललाई डेढ अरब सहयोग हस्तान्तरण

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ असोज – भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाललाई आवास तथा विद्यालय पुनर्निर्माणका लागि सहयोग रकम हस्तान्तरण गरेका छ ।भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गर्नुभयो ।भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण स...
नेपालमा रोजगारीको अवस्था नहुनुले भारततर्फ मजदुर पलायन, सम्बन्धी पक्ष मौन

नेपालमा रोजगारीको अवस्था नहुनुले भारततर्फ मजदुर पलायन, सम्बन्धी पक्ष मौन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – बिहिबार बिहान नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड देखियो, भिड देखेर कोरोना महामारीको कुनै प्रवाह नै नरहेको वा चेतनामा कमी नै भएको बुझिन्थ्यो ।किन कोरोनाको डर छैन भन्दा होइन हजुर रोजगारीका लागि भारत जान लागेको भनी जवाफ आउँछ । कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा जयसिंह बोहराले भन्नुभयो– ‘कारण एउटै छ, रोजगारीको अवस्था नेपालमा नहुनु, कुनै रोजगारको बाटो सरकारमार्फत सिर्जना नगर्नु, घरेलु उद्योग, कलकारखानालाई सरकारद्वारा प्रोत्साहन वा बढावा नदिनु नै मान्न सकिन्छ’ भनी बताउनुभयो । कारण जे सुकै होस् तर यो तितो सत्य बाहेक केही होइन, हरेक नेपालीहरुको जीव...
एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण

एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – बाँके युनेस्को क्लबद्वारा नेपालगन्जका अति जोखिममा रहेका १ सय २६ जना बालश्रमिकका परिवारलाई खाद्यान्न राहात सामाग्री वितरण गरिएको छ ।विश्व शिक्षा इन्टरनेशनलको आर्थिक सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको सक्रिय परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरको समन्वयमा बुधवार नेपालगन्जका अति जोखिममा रहेका बालश्रमिकका १ सय २६ परिवारलाई खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । कोभिड १९ को महामारीको बेला अतिनै जोखिममा रहेका बालश्रमिकका परिवारलाई छाक टार्न सहयोग मिलोस् भन्ने उदेश्यले खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।क्लबका अध्यक्ष राजेन्द्र चौधरीले अतिनै जोखिमपुर्ण अवस्थामा रहेका बालश्रमिकका परिवारलाई यो राहात सामाग्रीबाट केही दिनका लागि ठुलो सहयोग पुग्ने बताउँदै सहयोग उपलब्ध गराउने विश्व शिक्षाप्रति आभार...
गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
ललितपुर, ८ असोज – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनु भएको छ । नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर कोपअरेटिभस इन एशिया (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन सम्बन्धी प्रोजेक्ट एप्रेजल फर फाइनान्सिङ कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउँदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिनुभएको थियो ।कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवन...
प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सव जारी, झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सव जारी, झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

कला/साहित्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ ६ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनु पर्ने समेत बताउनुभयो । ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनु पर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ ...