Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

‘भालुवाङले दुईवटा सभ्यताको संगम गर्दै बाँके र बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने’: मुख्यमन्त्री पोखरेल

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बुटवल, २० असोज – प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावि राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘दुईवटा सभ्यताको संगमको रुपमा जसरी ५ नं. प्रदेश बन्यो त्यसैगरी प्रदेश राजधानको प्रस्तावित ठाउँले समेत दुई सभ्यतालाई समेट्छ ।’पोखरेलले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको पनि प्रतिनिधित्व गर्ने दाबी गरे । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा चलेको अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्मान व्यक्त गरेका छन् ।प्रदेश सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनु पर्ने मागलाई निस्तेज बनाएको जिकिर गरे । पोखरेलले बुटवलमा भएको आन्दोलनमा रुकुम, रोल्पाका जनताको पनि नैतिक समर्थन रहेको समेत द...
बाँकेमा ‘अमर प्रहरी स्मारक’ निर्माण हुने

बाँकेमा ‘अमर प्रहरी स्मारक’ निर्माण हुने

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ । मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन ।शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको सम्झना र सम्मानमा प्रहरी कार्यालय परिसरभित्र निर्माण हुन लागेको ऐतिहासिक स्मारकले सहिद प्रहरी परिवारका सदस्यहरुको लागि पनि सम्मान हुने बताए । उनले प्रहरी सदैव देश र जनताको लागि अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको बताए । प्रजिअ कुरुम्बङले कोभिडको यस्तो महामारी बिचमा पनि प्रहरीले जनताको स्वास्थ्य सुरक्षाका लागि दिनरात स्वास्थ्यकर्मीले जस्तै अग्रमोर्चामा रहेर खटिरहेको स्मरण गर्दै प्रहर...
राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १९ असोज – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा, सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।सहकारी बैंकले सदस्य संस्थाहरुका लागि सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुको जानकारी तथा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका...
युनेस्कोद्वारा विपन्नलाई आयआर्जनका लागि सामाग्री सहयोग

युनेस्कोद्वारा विपन्नलाई आयआर्जनका लागि सामाग्री सहयोग

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ असोज – कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको क्लबले जनाएको छ । कोभिड १९ का कारण अति जोखिममा रहेका बैजनाथ गाउँपालिकाका १ देखि ४ नम्बर सम्मका चार वटा वडाका २४ परिवारलाई विभिन्न सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सो गाउँपालिकामा आठ वटै वडाका १ सय २८ परिवारलाई आयआर्जनका लागि विभिन्न सामाग्री सहयोग गर्ने योजना रहेको जनाउँदै सबैलाई क्रमशः वितरण गरिंदै जाने बताउनुभयो । एक परिवारलाई २५ हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको हो । ...
लकडाउन हुने भन्ने हल्ला मात्रै हो, तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

लकडाउन हुने भन्ने हल्ला मात्रै हो, तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताउनु भएको छ । उहाँले कोरोनाको जोखिम हटि नसकेको भन्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाई दैनिक व्यवहार क्रियाकलाप गर्न सबैमा आग्रह गर्नुभएको छ । लकडाउन हुने भन्ने हल्ला चलेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिहरु आज स्वास्थ्यमन्त्री ढकाललाई भेट्न पुगेका थिए । उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको मन्त्रीलाई सुनाएका थिए ।प्रतिउत्तरमा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताउनु भएको छ । उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने...
भत्किन लागेको घरमा एक्ली ‘रामप्यारी’

भत्किन लागेको घरमा एक्ली ‘रामप्यारी’

श्रम/रोजगार, समाचार, समाज
दाङ, १६ असोज – डाँडापारीको सूर्य अस्ताउने दिशामा रहेकाले तापक्रम मत्थर भइसकेको छ ।पिप्रहवा डाँडा नजिकै मयाखोला सामुदायिक वन छ । त्यही पिप्रहवा डाँडामा बस्छिन् ६३ वर्षीया रामप्यारी शाह । यो दंगिशरण गाउँपालिका वडा नं. ५ मा पर्छ । हामी पुग्दा उनी घरमा थिइनन् । घर लिप्नका लागि थुपारेर राखेको माटो आँगनमा थियो । सानो ताल्चा झुण्ड्याइएको थियो ।बुधबार बेलुका घडीमा ६ बज्नै लाग्दा उनी घर आइन् । गाउँमा घिउ र मह खोज्न गएकी रहेछिन् ।उनी घर आइपुग्ना साथ दुई बिराला निस्किए, एउटा खैरो र अर्को सेतो रंगका । ती बिराला उनको वरिपरि म्याउ–म्याउ गर्दै लुटपुट गर्न थाले । आफ्नो भन्ने यी बिराला मात्रै हुन भन्ने रामप्यारीलाई लाग्छ । ती बिराला उनीसँगै सुत्छन् । ‘यिनीसँगै बोल्छु, सँगै खेल्छु, सुत्छु,’ रामप्यारीले भनिन् ‘यी बाहेक मेरा अरु आफ्ना भन्ने कोही छ्रैनन् ।’शाहको हातमा स–सना दुई वटा प्लाष्टिकका डिब्बाहरु...
राष्ट्रिय सहकारी बैंकको २ नं. प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न

राष्ट्रिय सहकारी बैंकको २ नं. प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, १६ असोज – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्पन्न भएको छ ।कोरोना संक्रमणका कारण सहकारी सञ्चालनमा देखिएका समस्याहरुको पहिचान र समाधानका लागि सहकार्य गर्ने उद्देश्यका साथ देशव्यापी रुपमा अन्तरक्रिया शुरु गरिएको बैंकले जनाएको छ ।बैंकले बुधवार प्रदेश नं. १ बाट प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु गरेको हो । प्रदेश नंं. २ मा रहेका जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, २ नं. प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कोरोना संक्रमणका कारण उत्पादन असहज परिस्थितिमा बैंक...
“आजको काम आजै, टाढाको लागि प्राथमिकता” : कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिवद्धता

“आजको काम आजै, टाढाको लागि प्राथमिकता” : कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिवद्धता

श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौँ १५ असोज – प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने, आजको काम आजै सम्पादन गर्नेे कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ । काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएरप्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने जनाइएको छ । ‘उपत्यकाबाहिर टाढा–टाढाबाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने)लाई विशेष प्राथमिकता दिइनेछ । कार्यवाहक अध्यक्ष बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । आज १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पदमा रहुञ्जेल साँघु साप्ताहिकको सम्पादक पदमा नरहने बताउनुभएको हो । उहाँले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र रा...
‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – हिजो–आज नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड प्रसस्तै देखिने गरेको छ । सुरक्षा मापदण्डको कुनै प्रवाह बिना एक–आपसमा चिप्केर उभिएको तमाम प्रमाणहरु प्रष्ट देखिन सकिन्छ । बुधबार बिहान पनि सोही अनुसार देखियो । सीमानाकामा यस अनुसार भिड हुनु कुनै ठूलो कुरा होइन, कोभिड–१९ को महामारीको बेला भारतमा लकडाउन लागेपछि त्यहा“बाट नेपाल फर्किएका नेपाली कामदारहरुले अब पुनः भारततर्फ फर्किने हुँदा र फर्किंदा सीमानाका बन्द भएकोले यसप्रकारको भिड देखिएको हो । कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा हिमांसु गुरुङले भन्नुभयो– ‘कारण एउटै छ, भारत गई आफ्नो रोजगारी सुनिश्चित ...
बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, असोज १४ – ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपईडिहा बजार हाल आएर सुनसान देखिएको छ ।कोभिड–१९ महामारीका कारण यहाँस्थित नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको रुपईडिहा बजार हाल सुनसान भएको छ । सुनसान रुपईडिहा बजार, तस्वीरः सत्यमखबर नेपाली उपभोक्ताको भरमा ६ महिना अघिसम्म दैनिक ५ करोडसम्म व्यापार हुने रुपईडिहामा नेपाली जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।रुपईडिहा व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक ४ देखि ५ करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपईडिहामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताउनुभयो ।उहाँले ६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडा समेत तिर्न नसक्दा रुपईडिहाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा...