आफ्नै भवनबाट ६ नं. वडा कार्यालयको काम सञ्चालन
राप्तीसोनारी, २३ मंसिर – बाँकेको राप्तीसोनारी गाउँपालिका ६ नं. वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट काम सञ्चालन गरेको छ ।राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारूले मंगलबार एक समारोहका बीच उक्त भवन उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने बताउनु भयो ।
गाउँपालिकाको वडा नम्बर ३ र ६ कार्यालय यसअघि भाडामा सञ्चालन हुँदै आएका थिए । उहाँले प्रत्येक नागरिक उत्पादन मुलक कार्यमा सहभागी भएर आर्थिक उन्नती नहुँदासम्म विकासको अर्थ नहुने उहाँले जोड दिनुभयो । गाउँपालिका कार्यालयले टिनको घरबाट आफ्नो सेवा प्रवाह गरिरहेको बताउँदै अध्यक्ष थारुले भन्नुभयो, “जबसम्म संघ अथवा प्रदेश सरकारबाट गाउँपालिका निर्माण गर्नका लागि बजेट आउँदैन, तबसम्म म विकास बजेटबाट गाउँपालि...









