Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

एआइजीमा डिआइजी विश्वराज पोखरेलको बढुवा

एआइजीमा डिआइजी विश्वराज पोखरेलको बढुवा

श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २५ मंसिर – सरकारले एआइजीमा डिआइजी विश्वराज पोखरेललाई बढुवा गरेको छ ।आज विहिबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए । उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ । संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो । यसैगरी, बैठकले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ ।यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि ड...
समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, २५ मंसिर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताउनु भएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बागमती प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट बिहीवार उद्घाटन पछि यस्तो बताउनु भएको हो । समृद्ध नेपाल ः सुखी नेपाली बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्छ, मुख्यमन्त्री पौडेलले भन्नुभयो(सिंगो सहकारी क्षेत्रलाई रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धिमा लगाउनका लागि सहकारी बैंकको भूमिका आवश्यक छ । सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई लगानी गर्दा कृषि, पशुपालन लगायत उत्पादनका क्षेत्रलाई केन्द्रीत गर्नु पर्नेमा उहाँको सुझाव थियो । कार्यक्रमका विशिष्ठ अतिथि एवम् बैंकका सल्लाहकार राधा घलेले सरकारले गरिवी निवारण तथा ...
आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न

आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २५ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ सम्मको एकाई सभामा बिहीबार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार तथा सहकारी संस्थाका शेयर सदस्य गोबिन्दबहादुर नेपालीले पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको बताउनुभयो । उहाँले शुरुमा सहकारी निर्वाहमुखी भएपनि पछिल्लो समयमा व्यावसायिक, उत्पादन तथा सामाजिक कार्यमा सक्रिय भएको बताउनुभयो । ‘अहिले त सहकारीहरु धेरै स्मार्ट बनिसकेका छन्, अझै उत्पादन र रोजगारीमुखी बन्नुपर्दछ’ नेपालीले भन्नुभयो ‘सहकारी आन्दोलनमा आदर्श सञ्चारको भूमिका उल्लेख्य रहेको छ, अझै अगाडी बढोस ।’ आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका दुरदराजमा पु¥याएको सेवा प्रशंसनीय रहेको उहाँको भनाई हरेको छ । का...
महासंघले साधारणसभा पौष १८ गते कोहलपुरमा गर्ने

महासंघले साधारणसभा पौष १८ गते कोहलपुरमा गर्ने

श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २५ मंसिर – नेपाल पत्रकार महासंघ बाँके शाखा बैठकबाट विभिन्न निर्णय गर्दै महासंघको साधारण सभा पौष १८ गते कोहलपुरमा गर्ने निर्णय गरेको छ ।यसैगरी शाखाको सांगठनीक प्रतिबेदन तयारीका लागी शाखा सचिव तिलक गाउँले र आर्थिक प्रतिबेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ । यसैगरी बाँके शाखामा बिभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका पुरस्कारहरु जिल्ला अधिबेशनमा बितरण गर्नुपर्ने भएकोले नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्ब अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गर्ने निर्णय गरिएको सचिव तिलक गाउँलेद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायहरुसँग समन्वय गर्न शाखाका उपाध्यक्ष...
अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना

अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैनाकुमारी क्षेत्रीले आफुलाई संस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छन् । उनले उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको बताईन । आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा संस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँ कै व्यक्तिहरुले गराएको तमसुकमा र...
आदर्श सञ्चारकोे १४ औँ साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

आदर्श सञ्चारकोे १४ औँ साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २५ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको एकाईगत १४ औँ साधारण सभा अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ५ देखि १४ सम्मको एकाई सभामा बुधवार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य बलावती शर्माले सहकारीले गरिब निमुखाको जीवनस्तर उकास्नमा भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले बजार केन्द्रीत नभइ गाउँ–गाउँमा पुगेर गरिबहरुको दैनिकी बदलिनु पर्ने भन्दै नाफासँगै सेवा मुलक काम गर्नु पर्ने बताउनुभयो । सहकारी महिला, बालबालिका र गरिबको साझा चौतारी बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका कुना कुनामा पुगेर विपन्न वर्गको जनताको उत्थानमा महत्वपूर्ण काम गरेको भन्दै उहाँले आगामी दिनमा थप उत्साहका साथ काम गनर्् सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका सचिव लालिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कील...
शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

आर्थिक, श्रम/रोजगार
ललितपुर, २५ मंसिर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी सघं संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षा आमुल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बुधवार सम्पन्न प्रदेश २ को एकाइ सभामा बोल्दै उहाले त्यस्तो बताउनु भएको हो । सिमित श्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उहाले प्रदेश न.ं २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । समृद्धिका लागि केहि प्रक्रिया समेतमा त्रुटी देखिएको बताउदै उहाले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशब प्रसाद बडालले बहुआयामिक गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो, आर्थिक तथा सामाजिक रुपमा...
सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्छ : पूर्वआयुक्त बास्कोटा

सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्छ : पूर्वआयुक्त बास्कोटा

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ मंसिर – पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरोकारवाला निकायमा सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्ने बताउनुभएको छ ।बुधबार भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रिय बागेश्वरी असल शासन क्लव बासले बाँकेको नेपालगन्जमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको सम्मेलन तथा २० औँ वार्षिकउत्सव कार्यक्रममा बोल्दै बास्कोटाले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा बसेका व्यक्ति र नागरिक सबैको भूमिका उक्तिकै हुने बताउनुभयो । उहाँले विभिन्न अध्ययन प्रतिवेदन अनुसार भ्रष्टाचार बिरुद्धको आन्दोलन अझै शशक्त बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । उच्च पद र ओहदामा बसेका व्यक्तिले लोभ लालच र अहँकार त्याग्न सके लोकप्रियता हासिल गर्न सकिने बताउँदै उहाँले सार्वजनिक ओहदाका व्यक्तिलाई जिम्मेवार बनाउन नागरिक तहबाट घच्घच्याई रहन आवश्यक रहेकोे बताउनुभयो ।कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी र...
बन्द भए दाङका १० क्रसर उद्योग

बन्द भए दाङका १० क्रसर उद्योग

प्रदेश ५, श्रम/रोजगार, समाचार
दाङ, २४ मंसिर – मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन् ।तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा.लि., जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको हो । त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सेतोपाटीलाई जानकारी दिए ।‘बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएका दश वटा क्रसर उद्योग हामीले मंगलवारदेखि बन्द गरेका छौं,’ प्रजिअ आचार्यले भने, ‘अब उनीहरुले क्रसिङ गर...
कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, २३ मंसिर – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भएको हो ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत मंगलवार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाई सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेका छौ, मुख्यमन्त्री राईले भन्नुभयो(सहकारी बैंकसंग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैंकका सल्लाहकार दिपक प्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुप...