Thursday, May 28सत्यम खबर
Shadow

एआइजीमा विश्वराज पोखरेल सिफारिस

काठमाडौं, १६ मंसिर – प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो । डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो ।


बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ । पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए। अन्यथा नभए उनी हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वतः प्रहरी नेतृत्वमा पुग्छन् ।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन् । यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन् ।
प्रहरी महानिरीक्षक क्षत्री कै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए । तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका छन् ।
पोखरेलका ब्याची सबै अहिले डिआइजी छन् । गृहको ओएन्डएम स्वीकृतिमा पोखरेलका ब्याची डिआइजी र हालका प्रहरी महानिरीक्षक क्षत्रीका ब्याचीले असन्तुष्टि जनाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *