Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

कर्मचारी र जनप्रतिनिधी सहकार्यमा जोड

कर्मचारी र जनप्रतिनिधी सहकार्यमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ पौष – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई सबै क्षेत्रमा विकास गर्न कर्मचारी र जनप्रतिनिधीबीच साथ र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । जनप्रतिनिधी सिमित अवधीको लागि हुने भन्दै उहाँले कर्मचारीले स्थायी सरकारको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धि तालिमको आइतबार समापन गर्दै नगर प्रमुख राणाले तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । उपप्रमुख उमा थापामगरले जनताप्रतिको दायित्व महत्वपूर्ण भएको भन्दै सबैजना सकारात्मक भएमा धेरै काम गर्न सकिने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सहज सेवा प्रवाहमा यसखालका तालिमले सहयोग पुग्ने बताउनुभयो ।तालिमका सहभागी तथ्यांक अधिकृत सुरेन्द्र पन्त, वडा सचिव उपमन्यू त्रिपाठी र गौरीकुमारी शाहीले तालिम निकै प...
सेवा प्रवाहको सहजताका लागि कर्मचारीलाई तालिम

सेवा प्रवाहको सहजताका लागि कर्मचारीलाई तालिम

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ पौष – नेपालगन्ज उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजताका लागि कर्मचारीहरुलाई तालिम दिन थालिएको छ । कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धि तालिम शुक्रबारदेखि सुरु भएको छ ।तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले अन्य सरकारी कार्यालय र स्थानीय तहमा काम गर्ने तौर तरिका फरक भएको भन्दै तालिमपछि सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले कर्मचारी समायोजनपछि तालिम आयोजना भएकाले कार्यालयमा देखिएका केही समस्या समाधानका लागि समेत कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । जनचाहना पुरा गर्नेतर्फ कर्मचारीहरुको ध्यान जानुपर्नेमा राणाले जोड दिनुभयो ।उपप्रमुख उमा थापामगरले जनमुखी स्थानीय प्रशासनका लागि तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । जनताले अनावश्यक दुःख नपाउन भन्...
युवती लक्षित स्वरोजगार बनाउन तालिम शुरु

युवती लक्षित स्वरोजगार बनाउन तालिम शुरु

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ पौष – नेपालगन्ज उप–महानगरपालिकाले युवा लक्षित तीनवटा तालिम एकसाथ बिहिवारदेखि शुरु गरेको छ ।नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले बिहिवार तीन महिने मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले कोभिड–१९ पछि स्वदेश फर्केका युवायुवती र यही बसेकालाई लक्षित गरी तालिम प्रदान गरी रोजगार दिने योजना अघि सारेको बताउनुभयो । उपप्रमुख उमा थापा मगरले तालिम सिकेका सहभागीलाई उनीहरुको प्रस्तावको आधारमा बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताउनुभयो । तालिममा दत्तचित्त भएर ध्यान दिन आग्रह गर्दै उहाँले राम्रो गर्नेलाई अनुदान समेत दिन सकिने बताउनुभयो ।नगरभित्रका जनशक्तिलाई तालिम प्रदान गरी स्वरोजगार बनाउन निरन्तर यसखालका तालिम सञ्चालन हुने उहाँको भनाई छ । नेपाल...
‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ पौष – मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् ।सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउ“सो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आजैदेखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाएका छन् । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानासहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांश कर्मचारी पोशाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरु नै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताएका छन् । सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका छन् ।प्रमुख जिल्...
दलालीकरण, भ्रष्टिकरण विरुद्ध वृहत विरोध

दलालीकरण, भ्रष्टिकरण विरुद्ध वृहत विरोध

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ पाैष - प्रेस सेन्टर नेपाल बाँकेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि वर्तमान संसदवादीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ । बढ्दो दलालीकरण, भ्रष्टिकरण विरुद्ध आज बाँके शाखाले नेपालगन्जमा वृहत विरोध कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ, राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको वृहत विरोध कार्यक्रम’ को बिषय वस्तु बारे प्रेस सेन्टर नेपाल बाँकेको समितीले नेपालगञ्जको विपि चोकस्थिति सि.एस.टि होटेलको हलमा सोमबार नै पत्रकार सम्मेलनमा जानकारी गराईसकेको थियो । कार्यक्रम बिहान ठिक ११ बजेबाट शुरु हुने जानकारी गराइएको भए पनि उत्पन्न विभिन्न खुड्किलाहरुका कारण कार्यक्रम १२ बजेदेखि सुरु भएको थियो । वागेश्वरी मन्दिर अगाडीको चौरबाट सुरु भएको विरोध र्‍याली त्रिवेणीमोड हुँदै त्रिभुवन चोकतर्फ बढेको थियो । र्‍याली पश्चात त्रिभ...
ग्लोबल सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २१ पौष – ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार उक्त सहकारी संस्थाको कार्यालयमा सो सभा सम्पन्न भएको हो ।जिल्ला सहकारी संघका प्रवन्ध सञ्चालक नवराज उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त आठौं वार्षिक साधारण सभामा वक्ताहरुले नेपाल जस्तो गरीब तथा विकासोन्मुख मुलुकमा सहकारीको महत्व र आवश्यकताको बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए । सभाको सभापति तथा सो सहकारी संस्थाका अध्यक्ष युवा व्यवसायी विशाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वव्यापी रुपमा फैलिएको कोविड–१९ का कारण नेपाल लगायत विश्व तरंगित भएको अवस्थामा सहकारी संस्थाहरुलाई पनि प्रत्यक्ष असर पुग्न गएको प्रति आफुहरु गम्भीर भई बचतकर्ताको रकममा कुनै पनि समस्या उत्पन्न हुन नदिएको बताउनु भयो ।गत आ.व. २०७६÷०७७ मा सहकारी संस्थाले रु. ३ लाख ४८ हजार सतासी...
“युवालाई विदेश पठाएर विकास हुँदैन, निर्यात पठाएर आर्थिक समृद्धि बढ्छ”– भन्सार अधिकृत भण्डारी

“युवालाई विदेश पठाएर विकास हुँदैन, निर्यात पठाएर आर्थिक समृद्धि बढ्छ”– भन्सार अधिकृत भण्डारी

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ पौष – नेपालका युवा जमातलाई विदेशमा रोजगारी खोज्न पठाएर मुलुकको विकास हुन सक्दैन, देश भित्रका उत्पादन विदेश पठाएर आर्थिक आर्जन गर्न सके मात्र देश आर्थिक समृद्धितर्फ बढ्ने नेपालगन्ज भन्सार कार्यालयका अधिकृत जयबहादुर भण्डारीले बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघले मंगलबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा अधिकृत भण्डारीले उक्त भनाई राख्दै भने– “नेपाल प्राकृतिक रुपले सुन्दर छ, जल, जंगल र जमीन मुलुकको अमूल्य धरोहर हो, मल्ल काल र लिच्छवीकालमा नेपाल आर्थिक रुपले धेरै सम्पन्न थियो । तर अहिले हामी गरीब छौं, यो दुःखद हो, कोभिड–१९ काल व्यापारमा धेरै घाटा भएको छ, हाल आयात धेरै र निर्यात थोरै भएकोले मुलुक आर्थिक रुपले सम्पन्न हुन सक्दैन ।” बताउनुभयो ।प्रमुख भण्डारीले “यसको लागि व्यापारीहरुले निर्यात बढाउन सक्नुपर्छ । यसको लागि देशका नीति निर्माताले निर्यात कसरी बढाउन सकिन्...
सहकारीले सदस्यको व्यावसायिकतामा ध्यान दिनुपर्छ : प्रमुख जिसी

सहकारीले सदस्यको व्यावसायिकतामा ध्यान दिनुपर्छ : प्रमुख जिसी

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
पोखरा, २१ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो । सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उहाँको भनाइ थियो । सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भन्नुभयो– दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नु पर्छ । विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरुमार्फत सहकारीकर...
फेडोको संस्थागत क्षमता विश्लेषण

फेडोको संस्थागत क्षमता विश्लेषण

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ पौष – सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले अन्य गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न शुरु गरेको छ । संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रर्णाली, संस्थालाई चाहिने नियमावली, निर्देर्शिका र काम कारवाही प्रक्रिया लगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगन्जस्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि आजदेखि ३ दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संथागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्र्तगत २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरि स्वःमुल्यांकन गरेर मार्किङ्ग गरिने छ । छलफलका आधारमा गरिने मार्किङ्गलाई विश्लेषण गरि संस्थामा रह...
नेपालगन्ज उप–महानगरपालिकामा शोकसभा

नेपालगन्ज उप–महानगरपालिकामा शोकसभा

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ पौष – नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा आईतबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।मोटरसाईकल दुर्घटनामा परी उपचारकोक्रममा निधन हुनुभएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले ईमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउनुभयो । नगरको सरसफाईका लागि स्व. केसी रातदिन नभी खटिने गरेको स्मरण गर्दै नगर प्रमुख राणाले उहाँको निधनबाट सिंगो उपमहानगरपालिका दुःखित भएको बताउनुभयो । श्रद्धाञ्जली सभामा नगर प्रमुख राणा सहित अधिकांशका आँखामा आँशु देखिथ्यो । श्रद्धाञ्जली सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती थियो ।यसैबीच केसीको निधनमा शोक मनाउदै नेपालगन्ज उपमहानगरपालिकाले आईतबार...