सेवा सुधारका लागि मालपोत कार्यालयको ध्यानाकर्षण
नेपालगन्ज ८ माघ – मालपोत तथा भुमिसुधार कार्यालय बाँकेको सेवा सुधारका लागि अहिले निकै पहल भएको छ । सेवा सुधारको पहललाई चौतर्फी रुपमा स्वागत गरिएको छ ।कार्यालयको सेवा प्रवाहको प्रभावकारिता, ढिला सुस्तीको अन्त्य, भ्रष्टाचारको न्युनीकरण र विचौलियाको प्रबेशमा रोक लगाएको यो प्रयासको सफलतापछि सुधारको अपेक्षा लिएको छ । तर सुधारको पहल त्यस्तो तामझामका साथ गरिएपनि त्यस कार्यालयमा अहिलेसम्म पनि नागरिक वडा पत्र राखिएको छैन ।
नागरिक वडापत्र लगायत विभिन्न व्यवस्थापनको विषयलाई लिएर सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको अधिकारकर्मीको टोलीले आज भुमि तथा मालपोत कार्यालयको ध्यानाकषर्ण गराएको छ ।
टोलीले कार्यलयमा सबैले देख्ने गरि नागरिक वडा पत्र राख्नुपर्ने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको निति लागु गर्नुपर्ने, सेवाग्राहीका लागि निमार्ण गरिएको शौच...









