नेपालगन्ज, २१ पाैष – प्रेस सेन्टर नेपाल बाँकेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि वर्तमान संसदवादीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ । बढ्दो दलालीकरण, भ्रष्टिकरण विरुद्ध आज बाँके शाखाले नेपालगन्जमा वृहत विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ, राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको वृहत विरोध कार्यक्रम’ को बिषय वस्तु बारे प्रेस सेन्टर नेपाल बाँकेको समितीले नेपालगञ्जको विपि चोकस्थिति सि.एस.टि होटेलको हलमा सोमबार नै पत्रकार सम्मेलनमा जानकारी गराईसकेको थियो ।
कार्यक्रम बिहान ठिक ११ बजेबाट शुरु हुने जानकारी गराइएको भए पनि उत्पन्न विभिन्न खुड्किलाहरुका कारण कार्यक्रम १२ बजेदेखि सुरु भएको थियो । वागेश्वरी मन्दिर अगाडीको चौरबाट सुरु भएको विरोध र्याली त्रिवेणीमोड हुँदै त्रिभुवन चोकतर्फ बढेको थियो । र्याली पश्चात त्रिभुवन चोकमा वृहत विरोध सभाको कार्यक्रम भएको हो ।
सयौं संख्याको उपस्तिथिमा नेपालगन्जको बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरुभएको बिरोध र्यालीमा विभिन्न नारा सहित कार्यक्रम स्थल त्रिभुवन चोक सम्म बढेको थियो ।
उक्त विरोध कार्यक्रममा पत्रकार, नागरिक अगुवाहरु, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका नेताहरुको समेत सहभागिता थियो । कार्यक्रममा मजदूर किसान तथा उत्पीडित वर्ग समुदायका मानिसहरु जिल्लाका विभिन्न स्थानहरुबाट सयौंको संख्यामा सहभागीता थियो ।
संगठनका सदस्य समेत रहेका भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ता आशिष मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न बिरोध कार्यक्रमको ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि संसदवादको विकल्प खोजौं ! राष्ट्रघाती, जनघाती राज्यसत्ताको दलालीकरण, भ्रष्टिकरणको व्यापक विरोध गरौं !’ मुल नारा रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) महासचिव नरेश शाही (राक्तिम)ले भने, प्रेस सेन्टर नेपालले आज प्रेस सेन्टर नेपाल बाँकेको आयोजनामा गरिएको बिरोध कार्यक्रम सम्पूर्ण देशभक्त पत्रकार, सञ्चारकर्मि लेखक, बुद्दिजीवी, पेशाकर्मिहरु र आम नागरिकको समस्या तथा दलाल प्रतिक्रियावादी राज्यसत्ताँको विकल्पबारे सञ्चारकर्मि र सचेत नागरिकहरुको संयुक्त कार्यक्रम हो । त्यसैले हामी सबैले यसले गरि रहेको कार्यमा साथ दिनु पर्छ । उनले भने हाम्रो पत्रका संगठनले जनताको समस्याबारे समेत उठान गरेको छ । कार्यक्रममा बाँके जिल्लाका सम्पूर्ण पत्रकार तथा न्यायोचित व्यवस्थाका पक्षमा उभिने आम नागरिकहरुलाई प्रेस सेन्टर नेपालको नेतृत्वमा हुने अन्य कार्यक्रमहरुमा पनि सक्रिय सहभागिताका लागि समेत आग्रह गरेका छन । उनले भने–‘आउँनुहोस्, कलमजीवीको समस्या, श्रमजीवीको समस्या राज्यसत्ताँको संरक्षणमा भैरहेका भ्रष्टाचार, अनियमितता, अपराध र सबैखाले विकृति विसंगतिहरु विरुद्ध संगठित आवाज उठाउँऔं ।’
उक्त बिरोध कार्यक्रमका विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले राष्ट्र, राष्ट्रियता र जनता भन्दा माथि कुनैपनि पेशा, व्यवसाय हुन नसक्ने तर्क गर्दै आफ्नो संगठनले पेशागत हक, अधिकारका साथै देश र जनताको समस्याबारे समेत उठान गरि रहेको बताएका छन ।
अध्यक्ष जैसीले भने–‘मुलुकमा विद्यमान दलाल प्रतियाक्रियावादी संसदीय व्यवस्थाको विकल्पमा जनन्योचित व्यवस्था ल्याउन आवश्यक छ । जनन्योचित व्यवस्था नआएसम्म हामी सबै पेशाकर्मि वा नागरिकहरुले अधिकार प्राप्त गर्ने स्थिति छैन । राष्ट्रियता, जनतन्त्र र जनजीवीका सबैखाले समस्याहरुको मुख्य कारण नै संसदीय व्यवस्था रहेको उनले बताए।’
सयौं जनताका अगाडि उनले भने ‘हामी शासकवर्गले गरेको दलाली, राष्ट्रघाती जनघाती गतिविधिहरु टुलुटुलु हेरेर कदापि बस्न सक्दैनौं । तसर्थ त्यसका विरुद्ध एक पटक सचेतन आवाज बुलन्द गरौं । हामी सचेत नागरिकहरुले नै बोल्नु पर्छ, डट्नुपर्छ र न्यायोचित व्यवस्था स्थापनाका लागि एक भएर जुट्नुपर्छ ।’ उनले कार्यक्रममा सबै उपस्थितलाई –‘हातमा कलम हुनेहरू कलम लिएर उठौ, अन्यायमा पिल्सिएका भोका नाङ्ना नागरिकहरू आवाज लिएर बढौं, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठौं, गाउँगाउँबाट उठौं बस्ति बस्तिबाट उठौं, यो देशको मुहार फेर्नलाई जुटौं ।’
संगठनका सदस्य समेत रहेका भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ता आशिष मल्ल ठकुरीले बाँके लगायत देशव्यापी रुपमा भई रहेको भ्रस्टाचार, अनियमिता, लगायतका अनैतिक गतिविधिहरुबारे आवाज उठाए कै कारण आफूलाई चौतर्फी दबाब आई रहेको बताएका छन । आफू समाजिक कार्यमा कडा रुपमा खटिन थाले पछि समाजिक कार्य गरे रै अगाडि बढने प्रतिबद्धता जनाएका छन । उनले भने, बाँकेमा बढी पत्रकार ठेकेदारको रुपमा काम गरि रहेका छन, कोहि बालुवाको ठेक्का लिएको छ, कोहि अस्पतालको, खोला जन्यवस्तु । जनताको आवाज उठाई दिने कस्ले? त्यसैले एउटा नेपाली भएको हुँदा मेरो पनि कर्तव्य हो कि समाजमा बिकृती बिसंगती, अनैतिकक कार्य, भ्रष्टाचारलगायतका कुराहरुमा बिरोध गरौं । त्यसैले यसमा प्रेस सेन्टर नेपाल ले पनि निकै महत्त्वपूर्ण भुमिका खेलिदिने छ भन्ने आशा राखेको बताएका छन ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) महासचिव नरेश शाही (राक्तिम), विशेष अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, अतिथी नेकपा (माओवादी केन्द्र) सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज सिंहराज वि.क.(सिर्जन), अखिल क्रान्तिकारी कर्णाली प्रदेश संयोजन हेमन्त शाही, प्रेस सेन्टर बाँकेका अध्यक्ष अजय पाठक, सचिव मनोज कुमार तमोली, संगठनका सदस्य समेत रहेका भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ता आशिष मल्ल ठकुरी, भारती मानन्धर, प्रेस सेन्टर बाँके सदस्य सम्झना पुन लगाएत सहभागि रहेका थिए ।
कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष अजय पाठकले गरेका थिए ।