Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालगन्जमा टि फेस्टिभल हुने

नेपालगन्जमा टि फेस्टिभल हुने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ माघ – नेपालगन्जमा टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुने भएको छ । आगामी आईतबार भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले फेस्टिभलको आयोजना गर्न लागेको छ ।भिन्टेज कलेजले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर फेस्टिभलका बारेमा जानकारी दिएको छ । फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले सञ्चालन गर्ने छन् । सम्मेलनमा फेस्टिभलकी संयोजक जया घलेले फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिने बताइन् ।सम्मेलनमा भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएको उल्लेख गरे । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जनेका छैनौ । यहाँसम्मकी हामीलाई चिया...
अनलाईन बिजिनेश फेस्टिबल नेपालगन्जमा हुने

अनलाईन बिजिनेश फेस्टिबल नेपालगन्जमा हुने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २४ माघ - नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो । आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, स्टेण्डप कमेडीहरु लगायतका रहेको आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो । यस प्रकारको फेस्टिबल नेपालमै पहिलो भएको प्रमुख शाहको दाबी छ । शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । कोभिड–१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिबलको आयोजनाले केहि मात्रामा भएपनि स...
पौडेलको नेतृत्वमा नेपाल मुद्रण उधोग संघ

पौडेलको नेतृत्वमा नेपाल मुद्रण उधोग संघ

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ माघ – विगत वर्षदेखि दुई खेमामा विभाजित भई विवादित रहँदै आएको नेपाल मुद्रण उधोग संघ बाँकेले आज विनोद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । उक्त विवाद समाधानका लागि संस्थापक पक्षद्वारा दुबै खेमाका अध्यक्षद्वय चण्डीप्रसाद गैरे र कुसुम बस्नेतद्वारा पटक–पटक छलफल गरि निकास आउने वातावरण तयार भएपछि शनिबार नेपालगन्जमा नेपाल मुद्रण उधोग संघ बाँकेद्वारा जिल्ला भेलाको आयोजना गरि सहमति अनुसार नयाँ नेतृत्वमा कोहलपुरका युवा व्यवसायी पौडेललाई निर्विरोध चयन गरिएको छ ।यसैगरी, संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको छ । यसैगरी संघको सदस्यहरुमा क्रमशः हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढकबहादुर थारु, दुर्गाप्रसाद रेग्मी र सुभाष ठठेरलाई भेलाद्वारा चयन गरिएको छ ।यसैगरी जिल्ला भेला लगत्तै बसेको प्रथम बैठकद्वार...
माता बागेश्वरीको १०औं साधारणसभा सम्पन्न

माता बागेश्वरीको १०औं साधारणसभा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ बाँकेमा रहेको सहकारीले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नाराका साथ गरिएको साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले ३६ करोड ९० लाख १३ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार गरेको छ । साधारणसभाका प्रमुख अतिथि सस्थाका जेष्ठ शेयर सदस्य ८५ का हाजी कल्लू हासमी तथा लेखा संयोजक सफिक हल्वाई, अतिथी कमरुद्दीन राई, अखलेश गुप्ता, उषा गौतम, फिरोज अन्सारी, कमल शाही लगायतको सहभागिता रहेको प्रबन्धक सञ्चालक अम्बिका काफ्लेले जानकारी गराउनुभयो ।...
डल्ला परेर काम नलाग्ने भयो २८ करोडको रासायनिक मल

डल्ला परेर काम नलाग्ने भयो २८ करोडको रासायनिक मल

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
वीरगन्ज, २१ माघ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन ।२८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह य...
के यिनलाई पाल्न कै लागि जनताले छानेका हुन त ?

के यिनलाई पाल्न कै लागि जनताले छानेका हुन त ?

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ माघ – आफुलाई विकासप्रेमी, जनताप्रति समर्पित भनी चिनाउने वडाअध्यक्षदेखि मेयर र उपमेयरसम्मले चिसोमा वडादेखि उपमहानगरपालिका भित्र के कस्तो व्यवस्था गरेका छन् भनी प्रश्न गर्दा सबैको राजनीतिक भाषामा नै भनाई आएको पाईन्छ । भोट माग्दा सबथोक गरिहाल्ने बाचा गरि विजय भएका जनप्रतिनिधिहरुले आवश्यक पर्दा राजनीतिक भाषणमा मात्र सीमित भएकै कारण आम जनतालाई दुःखको सामना गर्नु परेको यथार्थ कसैबाट लुकाउन सक्ने अवस्था देखिन्न । विगत १५ दिन देखि लगातार बढ्दै गएको चिसो र बिचबिचमा कहिले काही देखा परेको घामको मारमा पीडित रहेका उपमहानगरबासीहरुको पीडा कसले सुन्ने र समाधान गर्ने भनेर चिन्ता लिनुपर्ने स्थानमा जनप्रतिनिधिहरुले कार्यालयको एसी रुपमा बसी तातो हावा खांदै मिठामिठा कुरा गर्न मात्र सिपालु छन् भनी आम बुझाइ रहेको पाईन्छ ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणासित १० दिन अगाडी चिसो...
नगरसभाद्वारा विभिन्न ऐन पारित

नगरसभाद्वारा विभिन्न ऐन पारित

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ माघ – नेपालगन्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो ।नगरसभाले वडागत बजेट रकमान्त्ररण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गरेको छ । नगरसभामा नगर प्रमुख डा. राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताउनुभयो । मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ, नगर प्रमुख राणाले भन्नुभयो,– सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उहाँले क्रिकेट रंगशालाको समेत निर्माण सुरु...
समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ माघ - समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले एक कार्यक्रमका बीच सिलाई कटाई तालिमकाे उद्घाटन गरेकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरकाे प्रमुख आथित्यता तथा समानता तथा सशक्तिकरण मञ्च (आई) की अध्यक्ष मुना श्रेष्ठकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका ८ जना महिलालाई संस्थाले ३ महिने सिलाई कटाई तालिम दिन लागेकाे छ । उद्घाटनका क्रममा उपमेयर उमा थापा मगरले तालिम प्रमाण पत्रकाे लागि मात्रै न लिएर सीप सिकिसकेपछि कुनै नकुनै रूपमा आर्थिक आयआर्जनकाे लागि प्रयाेग गर्न सहभागिहरूलाई जाेड दिनुभयाे । अमेरिका स्थित "अनकाेन" सामाजिक संस्थाकाे आर्थिक सहयाेगमा समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले सिलाई कटाईबाट आत्म स्वावलम्बन तथा आय आर्जन गरी जिवनमा परिवर्तन ल्याई घर परिवार तथा समाजलाई परिवर्तन गर्ने चाहना राखेकालाई तालिममा सहभागी गराईकाे...
विकास निर्माण कार्यमा स्थानियद्वारा अवराेध

विकास निर्माण कार्यमा स्थानियद्वारा अवराेध

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - नेपालगन्जको ११ नम्बर वडा पासाङल्याह्मु मार्गको विकास निर्माण कार्यलाई केहि स्थानियकाे अटेरीले गर्दा निर्माण कार्य अवरोध हुँदै आएको छ। अध्यक्ष उज्ज्वल सिंह राठौरका अनुसार वर्ष दिन अगाडिदेखि नै टोलमा पटक-पटक सुचना टाँसने कार्य, सम्झौता भएको वा मौखिक पनि भनिएको भएपनि हाल दुई चार घर धनीले अटेरी गरिरहेका बताएका छन् । शुक्रबार जेसिबी तथा प्रहरी आएपछि घर धनीहरुले भत्काउने कार्य आफैले गर्ने भन्दै थप दुई दिन समय माग गरेका हुन। सो अनुसार समय उपलब्ध गराईएकाे जानकारी गराउँदै अध्यक्ष सिंहले भन्नुभयाे- अब पनि नभत्काएको खण्डमा दुइ दिन पश्चात् जेसिबी आएर आफै भत्काउने कार्य गर्ने बताएका छ्न। यसैगरी वडा सदस्य मुबारक अलि सिद्दिकीको अनुसार आफ्नो कार्यलयले एक हाप्ते सुचना सबै घर घर टाँस गरिको समय सीमा पूरा भए पनि अटेरीहरुले अटेरी गरिरहेका छ्न्।अब आउने आईतबार वा सोमबार पुनः जेसिबी आ...
“व्यावसायीहरुको हकहितका लागि एशोसियसन दर्ता” अध्यक्ष डम्बर शाहु

“व्यावसायीहरुको हकहितका लागि एशोसियसन दर्ता” अध्यक्ष डम्बर शाहु

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ माघ - मध्य तथा सुदुर पश्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था "मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल" नामको गैर राजनितिक, गैर नाफामुलक संस्था नेपालगन्जमा खोलिएको छ। अटोमोबाईलसँग सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायीहरुको हकहित एवं व्यावसायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको संस्थाद्वारा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष डम्बर शाहुले बताउनुभयाे । सम्मेलनमा अध्यक्ष शाहुले राज्यमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ इन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु जस्तै (ब्याट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल साफ्टवेयर)को आयात एव उत्पादन सम्बन्धि व्यावसायिक विकास, दक्षता एवं राज्...