
नेपालगन्ज, २४ माघ – विगत वर्षदेखि दुई खेमामा विभाजित भई विवादित रहँदै आएको नेपाल मुद्रण उधोग संघ बाँकेले आज विनोद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ ।
उक्त विवाद समाधानका लागि संस्थापक पक्षद्वारा दुबै खेमाका अध्यक्षद्वय चण्डीप्रसाद गैरे र कुसुम बस्नेतद्वारा पटक–पटक छलफल गरि निकास आउने वातावरण तयार भएपछि शनिबार नेपालगन्जमा नेपाल मुद्रण उधोग संघ बाँकेद्वारा जिल्ला भेलाको आयोजना गरि सहमति अनुसार नयाँ नेतृत्वमा कोहलपुरका युवा व्यवसायी पौडेललाई निर्विरोध चयन गरिएको छ ।
यसैगरी, संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको छ ।
यसैगरी संघको सदस्यहरुमा क्रमशः हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढकबहादुर थारु, दुर्गाप्रसाद रेग्मी र सुभाष ठठेरलाई भेलाद्वारा चयन गरिएको छ ।
यसैगरी जिल्ला भेला लगत्तै बसेको प्रथम बैठकद्वारा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
सल्लाहकारहरुमा क्रमशः पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह, मिना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहेको सदस्य हरिप्रसाद ज्ञवालीले जानकारी गराउनुभयो ।
अध्यक्ष पौडेलले छरिएर रहेका सम्पुर्ण मुद्रण व्यवसायीहरुलाई पेसागत रुपमा एकताबद्ध गराउँदै आउने दिनमा अघि बढ्ने प्रतिबद्धता गरेका छन् । अध्यक्ष पौडेलका अनुसार बाँकेका सम्पूर्ण व्यवसायीका हकहितका पक्षमा संघले सदैव तत्परताका साथ काम गर्ने बताएका छन् ।




