Sunday, April 26सत्यम खबर
Shadow

“व्यावसायीहरुको हकहितका लागि एशोसियसन दर्ता” अध्यक्ष डम्बर शाहु

नेपालगन्ज, ९ माघ – मध्य तथा सुदुर पश्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था “मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल” नामको गैर राजनितिक, गैर नाफामुलक संस्था नेपालगन्जमा खोलिएको छ।

अटोमोबाईलसँग सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायीहरुको हकहित एवं व्यावसायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको संस्थाद्वारा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष डम्बर शाहुले बताउनुभयाे ।

सम्मेलनमा अध्यक्ष शाहुले राज्यमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ इन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु जस्तै (ब्याट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल साफ्टवेयर)को आयात एव उत्पादन सम्बन्धि व्यावसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्दै राष्ट्रिय अर्थतन्त्रमा यथोचित योगदान पु-याउने प्रमुख उद्देश्य रहेको बताउनु भयाे ।

मध्य, पश्चिम र सुदुर पश्चिम नेपालको समेत अटोमोबाइलको हब भएको यस क्षेत्र (नेपालगन्ज)ले पुर्व भालुवाङदेखि घोराही, तुल्सिपुर, सुर्खेत, जुम्ला, धनगढी र महेन्द्रनगर लगायतका अटोमोबाइल व्यासायीहरुको एकमुष्ट आवाज बन्न सक्ने संस्थाको विश्वास रहेको बताईएकाे थियाे ।

एशोसिएसनले विशुद्ध व्यासायिक वातावरणको निर्माण गर्नुको सँगसँगै अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रकारका तालिम, गोष्टि, सेमिनार तथा अटोप्रदशनिको काम गर्ने छ। साथै सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुसँग आवश्यक सहकार्य एवम् समुन्वय गरि अटोमोबाइल मर्मत तथा सर्भिसबाट निस्कने फोहर-मैलाको उचित व्यवस्थापन र प्रबर्धन गर्ने कुरामा पनि यस एशोसिएसनले महत्वपुर्ण भुमिका निभाउने जानकारी गराउँदै अध्यक्ष शाहुले बिभिन्न अटोमोबाइल तथा अटोसर्भिस (वर्कसप) सेन्टरमा काम गर्ने र न्युन आय भएका मजुदरहरू तथा हेल्परहरूकाे लागि बिमा, सुरक्षा भत्ता लगायतका कार्यक्रमहरु केही दिनमै लागु गरिने बताउनु भयाे।

सम्मेलनमा अटोमोबाईल क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न बैंक, बिमा कम्पनिहरु तथा यातायात व्यवस्था विभागसँग हातमा हात मिलाएर सहकार्य गरि सम्पुर्ण अटो उधोगलाई नै व्यावसायिक र मर्यादित बनाउने जिम्मा पनि यस एशोसियसनको रहेको बताईएकाे थियाे ।

नेपालगन्ज उधाेग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद “चुन्ना”, नाडाका संस्थापक गणेशप्रसाद भट्टराई, नरेन्द्र ओलीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *