Saturday, April 11सत्यम खबर
Shadow

कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम

कावासोती, २२ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको आयोजनामा सञ्चालित २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।
सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।


सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए ।
समापन कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाईृ प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख वृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।


उहाँले सहकारी क्षेत्रले गर्ने काम प्रभावकारी र प्रतिफलमुखी बनाउन सकेमा सिंगो सहकारी अभियानको भूमिका बढ्ने भएकाले सबै सहकारीहरुले आफ्नो संस्थालाई नीति सम्मत र प्रविधिमैत्री रुपमा सञ्चालनमा ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका सहजकर्ता तथा वैंकका तालिम विभागका अधिकृत नारायण वेलवासे, सहकारीले तालिमको प्रभावकारीताका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।


कार्यक्रम राष्ट्रिय सहकारी बैंक कावासोती शाखा व्यवस्थापन उपसमितिका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखा प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा नवलपुरमा सञ्चालित विभिन्न सहकारी संस्थाका कर्जासंग सम्बन्धित कर्मचारी र सञ्चालक ४० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *