रोहितकुमार मिश्र
नेपालगन्ज, २४ फागुन – जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा एक दिने तरकारी सम्बन्धी तालिम दिईएको छ ।
आज सोमबार घरेलु महासंघ नेपालगन्जका मेराज बागवान, भिमी बुढाथोकी तथा विशाल विष्टले संयुक्त रुपमा जानकी वडा नं. १ पचपोखरामा २० जनालाई सहभागी गराई गाउँबाट उत्पादन हुने तरकारीलाई गाउँ मै बसी खरीद–बिक्री गर्न सकिने, तरकारीमा मौसम अनुसार कसरी उत्पादन बढाउन सकिन्छ भन्ने जानकारी एपबाट लिन सकिने तथा उत्पादित तरकारीमा कति मात्रामा मल (खाद्य) प्रयोग गरिन्छ लगायतका बारे जानकारी गराएका थिए ।
एक दिने तालिमबाट आफूहरु घर मै बसी अब आउने दिनमा बढीभन्दा बढी तरकारी उत्पादन गर्न सकिने बताउँदै तालिममा सहभागी उमेशनाथ मिश्रले भन्नुभयो– एपले गर्दा हामी अब घरबाट उत्पादन बृद्धि गर्न सक्छौं र उत्पादित तरकारी बिक्री गर्न समेत सकिने भएको हुँदा लाभदायक रहेको बताउनुभयो ।
तालिममा कृषि सामाग्रीलाई कसरी बेच्ने, उत्पादित वस्तु कसरी खरीद गर्ने, कृषि एप मोबाईलमा डाउनलोड कसरी गर्ने, घरबाट खरीद र घरैबाट बिक्री गर्न कसरी सकिन्छ भन्ने जानकारी गराइएको थियो ।
जानकी गाउँपालिका वडा नं. १ मा रहेका मदरसा मस्उदिया हविबुल रजामा सञ्चालन गरिएको एक दिने तालिममा मदरसाका प्रधानाध्यापक रशिद अहमद राई, एकता शिक्षा कल्याण संस्थाका अध्यक्ष सकिल अहमद राई, रोहितकुमार मिश्र, मुनीष राई, उमेशनाथ मिश्र, सफीक राई, सकिर हुसेन राईलगायत २० जनाको सहभागिता रहेको थियो ।