Wednesday, April 22सत्यम खबर
Shadow

एफएसएस कार्यालयको उद्घाटन

नेपालगन्ज, २८ सावन – नेपालगन्ज समीर अलि नेपालगन्जका प्रसिद्ध समाजसेवी व्यक्तित्व अजिज मलिकबाट एफएसएस न्यूट्री इनफरमेशनल अल अबाउट हेल्थ कार्यालयको उद्घाटन गरिएको छ ।
शुक्रवार दिन नेपालगन्ज–४ गणेशपुर रोडस्थित कार्यालयको उद्घाटन कार्यक्रममा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानी, एसएस एरिया सेल्स म्यानेजर शादाब अन्सारी, मार्केटि· म्यानेजर मो. फहद हलवाई लगायतको उपस्थिति रहेको थियो ।

एफएसएसले म.प. क्षेत्रको नेपालगन्ज, दाङ, सुर्खेत र बर्दिया लगायतमा एफएसएसको विभिन्न प्रोडक्टहरु लाइकोविन, मिथाइल बाल्कोमिन, क्याल्सियम भिटामिन ए, भिटामिन बी, आइरनमा फेरसएसकोभेट, मल्टी भिटामिनहरु एन्टीअक्सिडेन्ट लगायतको आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

हालका लागि एफएसएसले २० लाख रकम यसमा लगानी गरेको कुरा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानीले जानकारी गराएका छन् ।

एफएसएस अत्यन्त प्रसिद्धि पाएको कम्पनी रहेको छ । यसले अति कम समयमा यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन सक्ने अनुमान रहेको छ । जसमा आवश्यकता अनुसार आगामी समयमा यसले आफ्नो लगानी बढाउने कुरा समेत उद्घाटन कार्यक्रमको समय जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *