Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न

आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सर्लाही, २६ कार्तिक – मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्यनजर राख्दै सिमा क्षेत्रबाट अवाञ्छित गतिविधि हुन नदिनका लागि नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको विशेष समन्वय बैठक सर्लाहीको मलंगवामा मंगलवार भएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुन गईरहदा भारत संग जोडिएका नेपालको महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रबाट निर्वाचनलाई प्रभावित पार्ने खालको तत्वहरु माथि कडाईका साथ निगरानी राख्न काउण्टर पार्ट भारत विहार सीतामढीका सुरक्षा अधिकारी अभागी सम्मिलित “जिल्ला स्तरिय सीमा समन्वय बैठक” अहिले सर्लाही सदरमुकाम मलंगवामा आज भएको हो ।नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बीच सुरु भएको जिल्ला स्तरिय सीमा समन्वय बैठकमा प्रमुख रुपमा ६ बुंदे विषयमा गहन छलफल भएको बताइएको छ । कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी...
नेपालगन्जमा अन्तर्राष्ट्रिय लेखापालन दिवस मनाइयो

नेपालगन्जमा अन्तर्राष्ट्रिय लेखापालन दिवस मनाइयो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखापालन दिवस (इन्टरनेशनल एकाउन्ट्रि डे) मनाएको छ । नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।संस्थाका कर्मचारी, पूर्व पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र नेपालगन्ज उद्योग बाणिज्य सघंको पदाधिकारी तथा लेखा विषय अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु तथा सरोकारवालाहरुसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टि हल रोडबाट सुरु भई त्रिभुवन चोक, चारवाहिनी चोक, गणेशमान चोक, वि.पी. चोक हु“दै पुनःशाखा कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो ।कोण सभा कार्यक्रम नेपालगन्ज शाखा कार्यालय प्रमुख देवराज अधिकारीले सञ्चालन गरेक...
भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ कार्तिक – भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याएको छ । भारतले आन्तरिक बजारमा चिनीको उपलब्धता सहज बनाउन र मूल्य नियन्त्रण गर्न यसको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष थप्ने निर्णय गरेको हो । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप गरेसँगै नेपालमा आवश्यक पर्ने चिनीको आयात कहाँबाट गर्ने भन्ने प्रश्न उठेको छ । यसअघि भारतले आन्तरिक बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा राख्न भन्दै गएको जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोके लगाएको थियो । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त निर्यात प्रतिबन्ध ३१ अक्टोबर २०२३ सम्म कायम राख्ने बताएको छ । भारतको यस्तो कदमपछि नेपाली बजारमा चिनीको मूल्य अकासिनेदेखि कालोबजारीले बढावा पाउन सक्ने उपभोक्ताको चिन्ता छ ।...
डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

आस्था, प्रदेश ७, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ कार्तिक – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाक...
पुर्वमन्त्री राईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू

पुर्वमन्त्री राईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक - भौतिक योजना तथा यातायात मन्त्री हुँदा मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम आइतबारदेखि सुरू भएको छ। उनले शिलान्यास गरेका जमुनाहा नाकादेखि राझासम्मको सडक अस्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो। सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न हुनेछ। रौताहा खड्का जेभी निर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडकलाई थप बलियो र आधुनिक प्रविधिबाट बलियो पिच हुनेछ।भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए। कतिपयले उनलाई ‘शिलान्यास मन्त्री’ भन्दै खिसी पनि गरेका थिए। तर तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै...
मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ कार्तिक - मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् । समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घ...
चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?

चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?

आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ कार्तिक – चीनको सबैभन्दा ठूलो आइफोन फ्यक्ट्रीबाट धेरै कामदार भागेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल भिडियोमा केही व्यक्ति कारखाना परिसरको काँडेबारबाट फलहानेर भागिरहेका देखिन्छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा भागेका कामदार पैदल नै आफ्नो घरतिर गइरहेको देख्न सकिन्छ। उनीहरु सार्वजनिक यातायातको प्रयोग पनि नगरी पैदलै घरतर्फ लागिरहेका छन् । २२ वर्षीय कर्मचारीले उनीहरुलाई राखेको ठाउँमा आतंकको वातावरण फैलिएको बताएका छन्। ‘हामीले पहिले प्लाष्टिकको पर्खाल नाघेर हामफाल्यौं र त्यसपछि प्लान्टबाट बाहिर निस्कन धातुको पर्खाल चढ्यौं,’ उनले भने। किन कारखाना छोडेर भाग्दै छन् ? चीन सरकारले अवलम्बन गरेको शून्य कोविड नीति अन्तर्गत फेरि कडा लकडाउन घोषणा गरेको छ। उक्त आइफोन फ्याक्ट्रीमा कति कर्मचारीमा कोरोना संक्रमण भएको छ भन्ने एकिन भएको छैन। गत हप्ता हेन...
भारत सरकारद्वारा नेपाल भित्रिने धानमा शून्य प्रतिशत भन्सार कायम

भारत सरकारद्वारा नेपाल भित्रिने धानमा शून्य प्रतिशत भन्सार कायम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १७ कार्तिक – भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो । उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क शून्य बनाउन पहल गर्दै आएका थिए । भारतले धानको निर्यातमा लगाएको भन्सार शुल्कका कारण नेपाल-भारत बीचको सदियौंदेखिको रोटीबे...
विद्यावारिधिमा हुलाक प्रमुख पाण्डे उत्कृष्ठ दश स्थानमा छनोट

विद्यावारिधिमा हुलाक प्रमुख पाण्डे उत्कृष्ठ दश स्थानमा छनोट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ कार्तिक – नेपाल संस्कृत विश्वविद्यालय दाङ्गले २०७९ मा आयोजना गर्न गई रहेको पाठ्य क्रममा आधारित तीन वर्षिय विद्यावारिधिको लागि २०७८ मंसिरमा सार्वजनिक सूचना जारी गरेर संकलन गरेका शोध प्रस्तावहरु बिशेषज्ञ बिद्वानहरुबाट मूल्यांङ्क गरेर यही कार्तिक १६ गते योग्यता क्रममा आधारित नतिजा सार्वजनिक गरेको छ । जसमा जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे उत्कृष्ठ दश स्थान भित्र छनोट भएका छन् । बिद्यावारिधिका लागि छनोट गरिएका ९२ जनामा पाण्डे नवौ स्थानमा छनोट हुन सफल भएका हुन ।पाण्डेले चाणक्य नीति सूत्रमा वर्णित नैतिकता, सदाचार र सुशासनको आधुनिक समाजमा प्रयोग शिर्षकमा विद्यावारिधिको लागि प्रस्ताव पेश गरेका थिए । यस अध्ययनमा आधुनिक समाजमा चाणक्य नीतिमा उल्लेखित नैतिक मूल्यहरुको खोजी र तिनको व्यवहारिक अनुशरणकाका वारेमा विश्लेषण गर्ने जमर्को गरिनुका साथै चाणक्य नीति सुत्रक...
भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारतले पाइलट प्रोजेक्टको रूपमा आज (नोभेम्बर १) बाट डिजिटल मुद्रा प्रयोगमा ल्याउने भएको छ। पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्याउन नौ वटा बैंक छानिएका छन्। एसबिआई बैंक, बैंक अफ बरोडा, एचडिएफसी बैंक, यस बैंक, कोटाक महिन्द्रा बैंक र आइसिआइसिआई बैंकले यसको कारोबार गर्न पाउने छन्। विशेषतः दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा यसको प्रयोग गरिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। होलसेल सेग्मेन्ट अन्तर्गत यसको प्रयोग गरिने तयारी भइरहेको हो। नेपालमा पनि यसको सम्भावना सम्बन्धमा केही समयअघि राष्ट्र बैंकले अध्ययन गरेको थियो। तर, राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको अवधारणापत्रमा भने यहाँ डिजीटल मुद्रा सुरू गर्न त्यसको आर्थिक लागत र उपयोगिताबारे सम्भाव्यता अध्ययन गर्नुपर्ने उल्लेख गरेको थियो। राष्ट्र बैंकमा रहेको जनशक्ति, उनीहरूको दक्षता र...