Wednesday, April 22सत्यम खबर
Shadow

विद्यावारिधिमा हुलाक प्रमुख पाण्डे उत्कृष्ठ दश स्थानमा छनोट

नेपालगन्ज, १७ कार्तिक – नेपाल संस्कृत विश्वविद्यालय दाङ्गले २०७९ मा आयोजना गर्न गई रहेको पाठ्य क्रममा आधारित तीन वर्षिय विद्यावारिधिको लागि २०७८ मंसिरमा सार्वजनिक सूचना जारी गरेर संकलन गरेका शोध प्रस्तावहरु बिशेषज्ञ बिद्वानहरुबाट मूल्यांङ्क गरेर यही कार्तिक १६ गते योग्यता क्रममा आधारित नतिजा सार्वजनिक गरेको छ । जसमा जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे उत्कृष्ठ दश स्थान भित्र छनोट भएका छन् । बिद्यावारिधिका लागि छनोट गरिएका ९२ जनामा पाण्डे नवौ स्थानमा छनोट हुन सफल भएका हुन ।
पाण्डेले चाणक्य नीति सूत्रमा वर्णित नैतिकता, सदाचार र सुशासनको आधुनिक समाजमा प्रयोग शिर्षकमा विद्यावारिधिको लागि प्रस्ताव पेश गरेका थिए । यस अध्ययनमा आधुनिक समाजमा चाणक्य नीतिमा उल्लेखित नैतिक मूल्यहरुको खोजी र तिनको व्यवहारिक अनुशरणकाका वारेमा विश्लेषण गर्ने जमर्को गरिनुका साथै चाणक्य नीति सुत्रको अनुशरणलाई कसरी बढाउन सकिन्छ भन्ने वारेमा समेत चर्चा गरिने जानकारी पाण्डे दिएकाछन् ।
तातोपानी गाऊपालिका वडा नं. ४ गिडीखोला जन्म भई हाल नेपालगन्ज उपमहानगरपालिका निवासी पाण्डे विगत २७ वर्षदेखि नेपाल सरकारको कर्मचारीको रुपमा राष्ट्र सेवामा संलग्न रहेका छन् । निजलाई नेपाल सरकारले हालै पचास हजार रासीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको थियो । निजले विकास तथा लोक संस्कृतिका क्षेत्रमा दजनौ पुरस्कार प्राप्त गर्नुका साथै सयौ लेख रचना प्रकाशन समेत गरेका छन् ।
पाण्डेले यस अघी वाणिज्य कार्यालय नेपालगन्जको कार्यालय प्रमुख पदमा रही उपभोक्ता अधिकार तथा व्यवसाय प्रवर्दनका क्षेत्रमा उल्लेखनिय काम गरेका थिए । त्यसै गरी निजले कोहलपुर नगरपालिका बाँके, चन्द्रगिरी नगरपालिका काठमाण्डौ, छायानाथ रारा नगरपालिका मुगु तथा तिलागुफा नगपालिका कालिकोटमा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत रही पूर्वाधार विकास, सेवा प्रवाह तथा सरसफाई र हरियालीका क्षेत्रमा उल्लेखनिय काम समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *