Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

रासायनिक मल सहज गर्न सहकार्य

रासायनिक मल सहज गर्न सहकार्य

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ पौष – सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ । बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्ने गरी सहमति गरेको छ । नगरपालिकाभित्रका किसानलाई महलको सहज आपूर्ति गराउँदै उचित मूल्यमा सरकारले अनुदानमा दिएको रासायनिक मल दिने गरी सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक र...
वडाध्यक्ष बर्माकाे सपना वडालाई कसरी सफल र सबल बनाउने, फिल्डमा आफै पुग्छन अनुगमन गर्न

वडाध्यक्ष बर्माकाे सपना वडालाई कसरी सफल र सबल बनाउने, फिल्डमा आफै पुग्छन अनुगमन गर्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ पाैष - नेपालगन्ज उपमहानगरपालिका भित्र अन्य वार्डहरू निन्द्रामा सुतिरहेकाे बेला वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्मा आफ्नाे वार्ड विकासका लागि अहाेरात्र खटि बाटाे, नाला निर्माण गराउन तल्लिन देखिएका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ काे विशाल चौक नजिक रहेको उज्जवल नगरमा आर.सी.सी नाला सहित सडक निर्माण कार्य चल्दै गरेकाे जानकारी गराउँदै वडाध्यक्ष बर्मा थप ६ ठाउँमा सडक निर्माण कार्य भइ रहेको बताउनुभयाे ।वडाध्यक्ष बर्मा सडक निर्माण कार्यका साथसाथै अन्य कार्यहरूलाई तदारूक्ताका साथ अगाडि बढाउँदै वार्डलाई कसरी सफल र सबल बनाउ सकिन्छ त्यसतर्फ याेजनाहरू आउने केही दिनमा सार्वजनिक गर्ने बताउनु भयाे ।वडाध्यक्ष बर्माकाे भनाई अनुसार जेष्ठ नागरिकले पाउनु पर्ने सम्पुर्ण सेवा उनकै घरआँगनमा पुर्याउने मात्र नभई निःशुल्क स्वास्थ्य सेवा समेत घर मै पुर्याउने व्यवस्थापन गर्न हामी हाम्राे टिम...
भारतले कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

भारतले कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ पौष – बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जीनियर) अमन चित्रकारले बताए । उनले भने, “अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुनसक्छ ।” बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिए । पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उनको भनाइ छ । अहिले नै निर्माण शतप्रतिशत सकिएको नभए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले भनेको उनले बताए । उनले भने, “हाम्रो तर्फबाट निर्णय भएपछि हस्तान्तरण हुनेछ ।” अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म...
भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ पौष – नेपाली सेनालाई भारतीय सेनाले ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जेएस सन्धुले बुधबार एकथान ड्राइभिङ सिमुलेटर र एकथान हतियार ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेका हुन् । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । बुधबार सीतापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोगस्वरूप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ट्रेनिङ सिमुलेटर कम्प्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ पौष - प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्यको वार्षिक पुण्यतिथिमा श्रद्धासुमन कार्यक्रम यही आईतवार पुष ९ गते उहाँको रानी तलाउ वडा नं. ७ स्थित आवास गृह अगाडि आयोजित हुने भएको छ । स्व. बैश्यको जन्म वि.स. २००१ मा भएको थियो उहाँको क्यान्सर रोगबाट वि.सं. २०७४।०९।०७ गते शुक्रवार दिन स्वर्गारोहण भएको थियो । यसरी उहाँको स्वर्गारोहण भएको झण्डै ६ वर्ष व्यतीत भईसकेको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. बैश्यको वार्षिक पुण्यतिथिमा सामाजिक सेवा कार्यका लागि केही वर्ष अघि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज—७ जि.प्र.का. बाँकेबाट विधिवत दर्ता भएको थियो । यस प्रतिष्ठानको अध्यक्ष पदमा नन्दलाल बैश्य, उपाध्यक्ष पदमा अजयकुमार गुप्ता, सचिव पदमा रुद्र सुवेदी, सहसचिव पदमा आशा ढकाल, कोषाध्यक्ष पदमा अछरी पोखरेल, त्यस्तै नै सदस्य पदमा झलक गैरे, ग...
महाराजा मा.वि.को बेतिथी बारे सम्बन्धित पक्ष मौन

महाराजा मा.वि.को बेतिथी बारे सम्बन्धित पक्ष मौन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ पौष – समाज विकासदेखि देश विकाससम्मको मेरुदण्डका रुपमा शिक्षालाई मान्न सकिन्छ । तर हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनामा २०१० सालमा स्थापित भएको श्री महाराजा माध्यमिक विद्यालयमा समस्याहरु देखिएको भएपनि सम्बन्धित सरोकारवालाहरुको ध्यान केन्द्रित हुन नगएको जनगुनासो बढेको छ । प्राचार्य : मञ्जु शर्मा महाराजा माध्यमिक विद्यालयमा हाल १० प्लस २ गरी जम्मा १२ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने दरबन्दी शिक्षक स्टाफहरु जम्मा १७ जना रहेको जनाईएको छ । जस मध्ये थप निजि स्रोतबाट ३–४ जना गरी जम्मा २१ जना स्टाफ रहेको प्राचार्य मञ्जु शर्माले जनाउनु भयो ।हाल विद्यालयको लथालिंग अवस्था रहेको पाईन्छ । विद्यालयको आफ्नै १८–१९ विद्या जमिन भएको, विद्यालयको आफ्नै भवन भएपनि जिर्ण रहेको तथा विद्यार्थी संख्यामा दिनोदिन बृद्धि हुँदै गएको हुँदा समस्याहरु देखिएको जनाईएको छ । वडाध्यक...
नेपाल–भारत संयुक्त सैन्य अभ्यास

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ पौष – नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं संस्करण शुक्रबारदेखि नेपालमा सुरु भएको छ। रूपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालित तालिमको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरेका छन्।दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिबारे एकअर्कालाई परिचित गराउनेछन्।योे हिमाली भूभागमा प्रतिविद्रोह वातावरणमा काम गर्दा निकै उपयोगी साबित हुने जनाइएको छ। अभ्यासको दायरा र स्तरलाई थप वृद्घि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद्...
गाेर्खा सैनिक बापत भारतबाट वार्षिक ६० अर्ब रुपैयाँ नेपालमा आउंछ

गाेर्खा सैनिक बापत भारतबाट वार्षिक ६० अर्ब रुपैयाँ नेपालमा आउंछ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ पौष – भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ । गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन् । गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना सेनाको संख्या तथा रक्षा खर्च घटाउने रणनीतिक कदम भए पनि यसले नेपाल–भारत सम्बन्धका केही आयामसमेत प्रभावित हुन सक्छन् । ७५ वर्षदेखि जारी रहेको गोर्खा भर्तीलाई भारतले निरुत्साहित गर्ने भएको छ । सेनाको संख्या तथा रक्षा खर्च घटाउने रणनीतिक योजनामा रहेको भारतले नेपालको भूराजनीतिक अवस्थासमेत अध्ययनपछि नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्न थालेको हो । यसको सट्टा भारतले कुमाउनी र गढवालका युवालाई गोर्खा युनिटमा भर्ना सुरु गरिसकेको छ । भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै ...
प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ पौष – काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ। गत असोजदेखि निर्माण थालिएको उक्त परियोजनालाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो। प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माणका लागि गत असोज ७ गते भूमि पूजन गरिएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले संयुक्त रूपमा भूमि पूजन गरेका थिए। यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए। भारत सरकारको नेपाली रुपैयाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो। यस परियोजनाको कूल क्षेत्रफल झन्डै ८४ एकड रहेको छ। क्याम्पस भ...
भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
चितवन, ४ पौष – भारतको सहयोगमा निर्माण हुने तटबन्धको एक कार्यक्रम बिच शिलान्यास भएको छ । भारतीय सहयोगमा चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माणको शुभारम्भको बुधबार बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयूक्त रूपमा शिलान्यास गरेको हो । भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी को रूपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १०, सुल्तानामा निर्माण हुने दुबै तटबन्ध परियोजनाको अनुमानीत गरेको ४० लाख र ६० लाख रहेको बताइएको छ । शिलान्यस कार्यक्रममा बोल्दै महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्...