Tuesday, October 22सत्यम खबर
Shadow

महाराजा मा.वि.को बेतिथी बारे सम्बन्धित पक्ष मौन

नेपालगन्ज, ५ पौष – समाज विकासदेखि देश विकाससम्मको मेरुदण्डका रुपमा शिक्षालाई मान्न सकिन्छ । तर हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनामा २०१० सालमा स्थापित भएको श्री महाराजा माध्यमिक विद्यालयमा समस्याहरु देखिएको भएपनि सम्बन्धित सरोकारवालाहरुको ध्यान केन्द्रित हुन नगएको जनगुनासो बढेको छ ।

प्राचार्य : मञ्जु शर्मा


महाराजा माध्यमिक विद्यालयमा हाल १० प्लस २ गरी जम्मा १२ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने दरबन्दी शिक्षक स्टाफहरु जम्मा १७ जना रहेको जनाईएको छ । जस मध्ये थप निजि स्रोतबाट ३–४ जना गरी जम्मा २१ जना स्टाफ रहेको प्राचार्य मञ्जु शर्माले जनाउनु भयो ।
हाल विद्यालयको लथालिंग अवस्था रहेको पाईन्छ । विद्यालयको आफ्नै १८–१९ विद्या जमिन भएको, विद्यालयको आफ्नै भवन भएपनि जिर्ण रहेको तथा विद्यार्थी संख्यामा दिनोदिन बृद्धि हुँदै गएको हुँदा समस्याहरु देखिएको जनाईएको छ ।

वडाध्यक्ष : राजकुमार साहु


शिक्षकहरुको भनाई अनुसार “हाम्रो काम शिक्षा दिनु हो, हामी निरन्तर शिक्षा दिईरहेको भएपनि विद्यालयको केही कमीकमजोरी भएको हुँदा शिक्षामा जुन गति हुनुपर्ने हो सो समात्न नसकेको बताउँछन् ।”
धेरै जसो समस्या विद्यालयको खुला मैदानले गर्दा समेत हुने गरेको पाईन्छ । त्यसमाथि अभिभावकहरु अशिक्षित हुनुलाई लिन सकिन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने प्रायः अभिभावकहरु कृषि, मजदुरी पेशामा रहेको हुँदा समेत चेतनामा कमी भएको बताउँछन् ।


यसबारे वडाअध्यक्ष राजकुमार साहुको भनाई अनुसार पुरानो व्यवस्थापन समितिले के ग¥यो त्यसभन्दा पनि हाल विद्यालयको हरहिसाब पारदर्शी हुने तवरले कामको थालनी गरिएको छ । आउने दिनमा छिट्टै विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न गरी विद्यालयमा रहेका कमीकमजोर सुधार गर्दै जाने बताउनुभयो । वडाध्यक्ष साहुले विद्यालयमा शिक्षक अभाव भएको जानकारी पाउन साथ एक जना शिक्षक पठाईनुका साथै शिक्षामा गुणस्तरीयता ल्याउन समय–समयमा अनुगमन गर्ने गरिएको बताउनुभयो ।

विद्यालय सम्बन्धी समस्या बारे तयार गरिएको रिपोर्ट हेर्न यहाँ क्लीक गर्नुस


यसैगरी वडाअध्यक्ष साहुले वडाबाट थप के–के सुविधाहरु तथा कसरी आम वडाबासीहरुलाई उपलब्ध हुँदै आएको समेत बताउनुभयो । वडाध्यक्ष साहुका अनुसार केही सेवाहरु निःशुल्क उपलब्ध हुनुका साथै ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा बाहेक औषधि समेतको व्यवस्थापन गरिएको बताउनुभयो ।
हाल १ करोडको बजेट मध्ये ४० प्रतिशत लक्षित बजेट हुने गरेको हुँदा हामीसित बचेको ६० लाख मध्ये वडाको क्षेत्रफल ठूलो भएको हुँदा कहाँ कसरी खर्च गर्ने सबैको साझा सहमति अनुसार खर्च गर्दै जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *