Sunday, April 26सत्यम खबर
Shadow

भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री

काठमाण्डौ, ८ फागुन –भारतीय सेनाले भूकम्प प्रभावित सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको शान्ति नियोग हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा तैनाथ भारतीय सुरक्षाकर्मीले सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएका हुन् ।

भारतीय सेनाले खाद्यान्न, औषधिसम्मिलित सहायता सामग्री अलेप्पो पुर्‍याएको भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा परेको सिरियामा भूकम्पले ठूलो विनाश निम्त्याएको बताइन्छ ।

भारत सरकारले भूकम्पबाट प्रभावित टर्की र सिरियामा ‘अपरेसन दोस्त’ का नामबाट सहायता सामग्री सहयोग गर्दै आएको छ ।

गत फेब्रुअरी ६ का दिन टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४६ हजार नाघिसकेको छ भने अरु हजारौँ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *