Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

भारतका चार पूर्वसेनाप्रमुख नेपालमा

भारतका चार पूर्वसेनाप्रमुख नेपालमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन – भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपाल आउने भएका छन्। सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् भने एकजना भोलि बिहान आउनेछन्। चार जना हिजो काठमाडौं आइपुगेका छन् । एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुग्ने कार्यतालिका भएपनि भोलि बिहान मात्रै आउने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी बताए। नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई दिए पनि पाँच जना मात्रै काठमाडौं आउने भण्डारीले बताए। हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए।सैनिक मुख्यालयमा भारतीय पूर्वसेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ। छलफल अगाडि भोलि सैनिक मञ्च ...
असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सव

असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सव

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ फागुन – बिगत २२ बर्षदेखि नेपालगन्जबाट प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सवको अवसरमा अन्र्तक्रिया गरिएको छ ।असल शासन मिडियाको आयोजनामा सो अन्र्तक्रिया भएको हो ।अन्र्तक्रियामा बोल्दै बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिबकुमार बर्माले असल शासन साप्ताहिक पत्रिकाले भ्रष्टाचार बिरुद्धको बिगुल फुक्ने काम गरेको बताए । निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले पत्रिकाको लोकप्रियता बिगतदेखि हालसम्म कायम रहेको बताए ।असल शासन मिडियाका अध्यक्ष तथा असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहले पत्रिकाको बिगतदेखि बर्तमानसम्मको अवस्था, आरोह, अवरोह बारे जानकारी दिए । उनले बिभिन्न समस्याका बाबजुत असल शासन पत्रिका भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा निरन्तर, नियमित हुन सफल भएको बताए ।कार्यक्रममा असल शासन मिडिया सञ्चालक समिति सदस्य पुरण थारु, पत्रिकाका कार्यकारी सम...
कोहलपुर प्रादेशिक महोत्सव: ९ हजारले गरे अवलोकन, ५५ लाखको कारोबार

कोहलपुर प्रादेशिक महोत्सव: ९ हजारले गरे अवलोकन, ५५ लाखको कारोबार

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, ८ फागुन – कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ तेस्रो दिन ९ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिन कूल ९ हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् । उनका अनुसार तेस्रो दिन कूल ८ हजार टिकट बिक्रि भएको छ । दोस्रो दिन भने पाँच हजार टिकट बिक्रि भएको थियो । तेस्रो दिन ३ हजार दर्शक बढेका छन् । यस्तो तेस्रो दिन महोत्सवको कारोबारसमेत समेत बढेको छ ।महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार तेस्रो दिन महोत्सवमा कूल ५५ लाख कारोबार भएको छ । दोस्रो दिन ३० लाख कारोबार भएको थियो । उनले दोस्रो दिनको तुलनामा तेस्रो दिन उत्साहजनक कारोबार भएको बताए । दोस्रो दिनको भन्दा तेस्रो २५ लाख...
उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान

उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ फागुन – नेपालगन्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले सरसफाई अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई...
रेडक्रस बाँकेको नयाँ कार्यसमिति सम्झनाकाे नेतृत्वमा

रेडक्रस बाँकेको नयाँ कार्यसमिति सम्झनाकाे नेतृत्वमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपाललन्ज, ६ फागुन - नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावकारी बनाउन अनुरोध गर्नु भयो ।नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नु भयो ।बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनु भयो ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गो...
श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ फागुन – आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो । आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन । विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनल...
फुल्टेक्रा तालमा पहेलों र लालपेटी ईट्टाको प्रयोग, सम्बन्धित निकाय किन मौन ?

फुल्टेक्रा तालमा पहेलों र लालपेटी ईट्टाको प्रयोग, सम्बन्धित निकाय किन मौन ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – दशकौंदेखि पानी मुहानको रुपमा प्रयोग हुँदै आईरहेको फुल्टेक्रा ताल हाल लथालिंग अवस्थामा पुगेको छ गैर जिम्मेवार निकायहरुले गर्दा ।बाँके जिल्ला अदालतबाट आदेश भई संरक्षण सम्बद्र्धनको जिम्मा पाएको नेपालगन्ज उपमहानगरपालिकाले फुल्टेक्राबासीहरुको जनचाहना अनुसार कार्य नगर्दा यस्तो अवस्थाको सृजना भएको फुल्टेक्रा संरक्षण समितिका अध्यक्ष मदनराज शर्माको भनाई रहेको छ ।शर्माका अनुसार ताल संरक्षण गर्ने नाममा जनताको करोडौं बजेट तालको चारैतिरबाट वाल लगाएर बर्बाद गर्नुभन्दा चारै तिर माटो र ईट्टाले कान्ति तालमा बनाए जस्तै बाटो गराएर सहज रुपमा स्थानीयहरु बिहान व्यायाम गर्न सक्ने गरी बनाउ“दा ताल संरक्षण हुनुका साथै स्थानीयहरुलाई स्वास्थ्य लाभ समेत हुने थियो ।हाल फुल्टेक्रा तालमा फुल्टेक्रा तलाब वाउन्डरी वाल निर्माण योजना अन्तर्गत वाउन्डरी वाल निर्माण गर्ने जिम्मा सौरभ कन्ट्क्सनले पाएको छ । त...
नेपाल–भारत पेट्रोलियम पाइपलाइन दोस्रो चरणको काम तीव्र

नेपाल–भारत पेट्रोलियम पाइपलाइन दोस्रो चरणको काम तीव्र

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २ फागुन – नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणसमेत यही योजनाअन्तर्गत निर्माण हुनेछ । लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ...
तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग

तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ फागुन – पहिले भूकम्प र तीन वर्षदेखि कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगका नाका बन्द गरेको छ । रसुवागढी नाका चीनको स्वेच्छामा निर्भर छ । मन लागे एक महिना खुल्छ, नलागे बन्द हुन्छ । तातोपानी नाका त तीन वर्षभन्दा बढी भइसक्यो बन्द भएको । रसुवागढी नाकालाई चीन र नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य नाका मानेका थिए । यस्तै, तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । दार्चुलाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान...
भारतको काश्मीरमा भेटीयो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

भारतको काश्मीरमा भेटीयो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

आर्थिक, आस्था, विदेश, श्रम/रोजगार, समाचार
काडमाण्डौ, २ फागुन – भारतको जम्मु काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेको छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डार भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अस्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमका लागि भारत दोस्रो देशमा निर्भर रहँदै आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लिथियम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, विद्युतीय सवारीसहित धेरै इलेक्ट्रोनिक्स सामानहरूमा प्रयोग हुनेछ, जो चार्जेबल ब्याटरी बनाउन अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको छ । भारतले यसको आयातका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन ब्याटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मा...