पुनः मतगणना नभए चरणबद्ध आन्दोलन गरिने चेतावनी
नेपालगन्ज, ९ भाद्र – भदौ २ गते सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयमा शनिबार नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष संजय थापाले महासचिव पदको पुनः मतगणना नभए चरणबद्धरुपमा आन्दोलन गर्ने बताएका हुन् ।साझा प्रजातान्त्रिक समूहले आफ्ना मागहरुको सम्बोधनका लागि विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषण गरेको हो । उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा मतगणनाको क्रममा केही मतहरु मतपेटिकामा रहेका र गणना गर्ने क्रममा उक्त मतपत्रहरु गणना हुनु हुँदैन भनि प्रतिद्वन्द्वी पक्षले विरोध गरेका कारण तत्काल मगगणना हुन नसकेको उल्लेख गरेको छ ।
साझा प्रजातान्त्रिक समूहले निर्वाचन आयोगद्वारा एक पक्षिय गतिविधि गर्दै आई रहेक...









