Friday, July 3सत्यम खबर
Shadow

श्रम/रोजगार

यस आर्थिक वर्षमा वडाभित्रका सबै पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने– वडाध्यक्ष बर्मा

यस आर्थिक वर्षमा वडाभित्रका सबै पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने– वडाध्यक्ष बर्मा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ पौष – देश भित्रका पूर्वाधार निर्माण कार्यमा कुन वडाले कतिको फड्को मारेको अवस्था छ त्यो आजको प्राविधियुक्त समयमा कसैबाट लुकेको होला भनी भन्न सकिन्न । तर बाँके जिल्ला भित्र रहेका ८ वटै पालिका मध्ये उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले गरेको कार्यलाई सबैले सराहना गरिरहेका छन् । आम नागरिकदेखि उन कै समकक्षीहरुले समेत वडा नं. १८ ले प्रत्यक्ष कार्यमा मारेको फड्को बारे चर्चा गरिरहेको पाईन्छ ।यसैक्रममा नेपालगन्ज वडा नं.–१८ मा थप पूर्वाधार विकास निर्माणमा एकपछि अर्को शुरूवात गरिएको छ । वडाको क्षेत्रभित्र रहेका सम्पूर्ण टोलहरूमा आवश्यकता अनुसारको मागलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार बिकास निर्माणको कार्यको यस आर्थिक वर्षमा आज पाँचौ शुरूवात गरिएको छ । सोही क्रममा बिहिबार नागरिक टोल अन्तर्गत पण्डित महाराजको घर हुँदै दक्षिण हिरालाल प्रसाई (कवि) को घर अगाडी बाटो...
महोत्सवमा ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक झुमे

महोत्सवमा ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक झुमे

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ पौष – चर्चित लोक दोहारी गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक महोत्सव मै झुमेका छन् । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा शर्माले आफ्नो चर्चित गीत ‘लुट्न सके लुट’ गाउँदा महोत्सवका दर्शकको भरपुर रमाएका थिए ।पशुपति शर्मा मञ्च मै आउने बितिकै दर्शकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गित गाउंन हुटिङ नै गरेका थिए । शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्यूव, सामाजिक सञ्जाल र महोत्सवका मञ्चहरुमा सबैभन्दा बढी दर्शकहरुको डिमाण्ड हुने गरेको छ । गायक शर्माले झन्डै २ घण्टा लामो समयसम्म बिभिन्न गित गाएर दर्शकहरुलाई मनोरन्जन दिनुभएको थियो । गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ स“गै चिन्ता छैन केइ मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही, सार·ी र्याई र्याई भयो जीवन तिरिमिरी झाइ, क्यार्न माया मारी छौ सानीले क्यार्न माया मारी छौ, स्याङ्जा जाने...
नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा बिहीबार हस्ताक्षर हुँदै

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा बिहीबार हस्ताक्षर हुँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ पौष – बिहीबार (भोलि) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका अवसरमा दुई देशबीच हस्ताक्षर हुन लागेको हो। सम्झौतामा १० वर्षमा नेपाल–भारतबीच विद्युत व्यापारसम्बन्धी विस्तृत एक्सन प्लान समेटिने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए। उनका अनुसार सम्झौतामा विद्युत व्यापारका लागि आवश्यक पूर्वाधार विस्तार लगायत विषय पनि समेटिने छन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा (२ जुन २०२३) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौतालाई मूर्त रूप १८ जुन २०२३ मा ऊर्जा सचिव दिनेशकुमार घिमिरे भारत गएका थिए। त्यसबेला नयाँदिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर गरिने कार्यक्रम राखिएको थियो। तर त्यहाँको मन्त्रिपरिषदबाट सम्झौता ...
३ सय ८४ जना किशोरी तथा बालबालिका कहाँ हराए ?

३ सय ८४ जना किशोरी तथा बालबालिका कहाँ हराए ?

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पौष – भारत लगायत तेस्रो मुलुकमा जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जना किशोरी तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ । जोखिमपूर्ण काम गर्न पुगेका ६ सय ६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनि परिवारबाट निवेदन परेकोमा २ सय ७८ जना मात्रै फेला परेका छन् ।माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले आइतबार बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘अज्ञात अवस्थामा रहेका ति किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन हामीले धेरै संयन्त्रलाई प्रयोग गर्यौं, केहीको अवस्था पत्ता लगायौैं, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।’मानव बेचविखन तथा ओसार पसार विरुद्ध काम गर्ने अन्र्तराष्ट्रिय स्तरका संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले सुनाए । सम्बन्धित देशका सरकारी संयन्त्रमार्फत उद्धार कार्यलाई अगाडी बढाउन सकेको खण्डमा अज्ञात अवस्थामा रहेका किशोरी तथा ब...
जेसीज ४२ औं शाखा अध्यक्षमा आदित्य गुप्ता चयन

जेसीज ४२ औं शाखा अध्यक्षमा आदित्य गुप्ता चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पौष – नेपालगन्ज जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशनबाट आदित्य गुप्ताको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जेसीज आदित्य गुप्ता एडीको नेतृत्वमा रहेको ४२ औं शाखामा कार्यकारी उपाध्यक्षद्वय जेसीज दिपक योगी, जेसीज अन्थास केसी रहेका छन् भने उपाध्यक्षहरुमा क्रमशी जेसीज बिष्णु बुढाथोकी, जेसीस मोहित बाबु शर्मा, जेसीज पंकज गुप्ता, जेसीज बिमल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारीहरुलाई छिट्टै बैठक बसी चयन गर्ने जानकारी दिएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष रोशनकुमार श्रेष्ठ, रतनकाजी शाक्य, रोशन चापागाई तथा राष्ट्रिय उपाध्यक्ष चिरञ्जीवि गौतमको सहभागिता रहेको थियो ।...
‘दर्शकको माग अनुसार हात्तीछाप चलचित्र बनेको छ’

‘दर्शकको माग अनुसार हात्तीछाप चलचित्र बनेको छ’

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पाैष - माघ २६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हात्तीछापको टिमले शनिबार नेपालगन्जमा चलचित्र पत्रकारहरुसँग साक्षात्कार गरेको छ । साक्षात्कारमा हात्तीछाप चलचित्रमा प्रमुख भूमिका रहेका कलाकार सौगात मल्ल, कमलमणी नेपाल र निर्माता किरण नेपालीले दर्शकको मागअनुसार हात्तीछाप चलचित्र बनेको दाबी गरेका छन् । निर्माता किरण नेपालीले पछिल्लो समयमा पश्चिम क्षेत्रमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या बढ्दै गएको र नेपालगन्जमा नेपाली सिनेमाको व्यापार बढ्दै गएको जिकिर गरे । किरणले नेपालगन्जमा हात्तीछाप चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए । ‘पछिल्लो चरणमा दर्शकहरुले कस्तो किसिमको चलचित्रको माग गर्नु भएको छ भन्ने कुरालाई हामीले अध्ययन गर्दै गएका छौं,’ निर्माता किरण भने,‘त्यसैले हात्तीछाप चलचित्र दर्शकको माग अनुसार बनेको छ ।’ साक्षात्कारमा कलाकार कमलमणी न...
अभिनेता पल शाहको आगमनले थाम्नै सकिएन नेपालगन्ज महोत्सवको भिड

अभिनेता पल शाहको आगमनले थाम्नै सकिएन नेपालगन्ज महोत्सवको भिड

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पौष – अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको दशौं दिन महोत्सवमा आउनु भएको अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो ।महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नु भएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ जालीलाई चिरेरै शाह नजिकै पुगेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए । अभिनेता शाहको प्रस्तुतीले ...
भारतको गुजरातद्वारा विभिन्‍न फर्महरूसँग १८.७५ बिलियन डलरको लगानी सम्झौता

भारतको गुजरातद्वारा विभिन्‍न फर्महरूसँग १८.७५ बिलियन डलरको लगानी सम्झौता

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ पौष – धेरै क्षेत्रहरूका कम्पनीहरूले बुधबार भारतको पश्चिमी राज्य गुजरातमा निर्माण गर्ने परियोजनाहरूका लागि १८.७५ बिलियनको प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताको एक भागको रूपमा वेलस्पन इन्टरप्राइजेजको एक शाखाले ५.११ बिलियन डलर लगानी गर्नेछ। जसले ग्रिन हाइड्रोजन र ग्रिन अमोनिया सुविधाहरू निर्माण गर्न बताइएको छ। लगानी सम्झौताको यो श्रृ्ंखला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहराज्य गुजरातको द्विवार्षिक लगानी फोरम सुरु गर्नुअघि आएको हो। यस किसिमका सम्झौताबाट प्रधानमन्त्री मोदीले आफ्नो गृह राज्य गुजरातको मुख्य क्षेत्रहरूमा उत्पादन क्षमता बढाउन चाहन्छन्। अन्य राष्ट्र प्रमुख र व्यापार नेताहरू फोरममा उपस्थित हुने अपेक्षा गरिएको छ। बुधवार हस्ताक्षर भएका सम्झौताहरूमा राज्य समर्थित आवास तथा सहरी विकास निगमसँग १४५ अर्ब रुपैयाँ (१.७४ अर्ब डलर) ऋण प्रव...
सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन

सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १३ पौष – सुनाखरी रेष्टुरेन्ट प्रालिको नयाँ सञ्चालक समिति चयन भएको छ । प्रालिको छैठो साधारण सभाले पवित्र प्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय नयाँ समिति चयन गरेको हो ।समितिको सदस्यहरुमा डा. सगुन श्रेष्ठ, हर्कबहादुर बोहरा, महमुद अहमद सिद्दिकी, पुण्यप्रसाद भट्टराई, प्रदिप ज्ञवाली र घनश्याम शर्मा चयन हुनुभएको छ । सभाले समितिका सदस्य घनश्याम शर्मालाई प्रबन्ध निर्देशक पदमा निरन्तरता दिएको छ ।प्रालिका १४ जना सेयर सदस्य रहेका छन । तीन वर्षका लागि चुनिएको सञ्चालक समितिले रेष्टुरेन्टको स्तरबृद्धि, शाखा विस्तार लगायतको व्यवस्थापन कार्य गर्ने प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । रेष्टुरेन्टले यस वर्षदेखि सामाजिक उत्तरदायित्व लगायतको कार्य पनि शुरु गरेको छ । रेष्टुरेन्टले दुई जना किशोर किशोरीको होटेल म्यानेजमेन्ट पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत...
सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, १३ पाैष - काठमाण्डौँको कालिका स्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्ति माथि व्यङ्ग्य गरेको छ ।मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ ।  कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ।अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।नाटक...