Tuesday, April 21सत्यम खबर
Shadow

अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी

काठमाण्डौ, २२ पौष – भारतले समुद्री सुरक्षाका लागि उत्तरी तथा मध्य अरब सागरमा नौसैनिक निगरानीलाई जारी राखेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले उत्तरी तथा मध्य अरब सागरका साथै आदेनको खाडीमा व्यवसायिक जहाज र नाविकहरुको सुरक्षालाई मध्यनजर गर्दै समुद्री गस्तीलाई कायमै राखेको जनाएको हो ।

सो क्षेत्रमा भारतीय नौसेनाका पानीजहाज र युद्धपोतसँगै हवाई गस्ती गर्न नौसैनिक लडाकु विमानको पनि प्रयोग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसबाहेक भारतीय नौसेनाले तटरक्षक बलसँग सहकार्य गरी आफ्नो अधिनमा रहेको आर्थिक क्षेत्र (ईईजेड) मा उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । पछिल्लो समय अरब सागरको क्षेत्रमा व्यवसायिक जहाजलाई लक्षित गरी आक्रमण भएसँगै भारतले यस्तो कदम चालेको हो । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *