दलित पत्रकार संघको आयोजनामा बाँकेको जानकीमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
नेपालगन्ज, १३ जेठ – आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारा सहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा प्राङ्गणमा जेष्ठ १३ गते बुद्धवार आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालद्वारा सञ्चालित जानकी गाउँपालिका कार्यालय, मानपुर बाँकेको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा सञ्चालित रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव लगायतले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्...









