Thursday, September 25सत्यम खबर
Shadow

बिषेश अस्पताल भेरीमा सञ्चालन हुने

नेपालगन्ज, ३१ श्रावण– शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बनाइएको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सञ्चालन गरिने तयारी गरिएको छ ।


प्रदेश ५ सरकारले खजुरास्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पताललाई नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालन गर्ने निर्देशन दिएको छ ।
सोही निर्देशन अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाड र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरले शुक्रबार स्थलगत अनुगमन गरी अस्पताल सार्ने बारे छलफल गर्नुभएको छ ।
कोरोना बिषेश अस्पताल भेरीमा निर्माण भएको नयाँ भवनमा सञ्चालन हुने तयारी बारे भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, मेसु डा.प्रकाश थापा र बरिष्ट चिकित्सक डा.श्यामसुन्दर यादवले जानकारी गराउनु भएको थियो ।
अनुगमनसँगै करिब १ हप्ताभित्र भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *