
रसायनिक मलको व्यवस्थापन गर्न जसपाको ज्ञापन पत्र
नेपालगन्ज, १६ श्रावण– जिल्लामा आम सर्वसाधारणको समेत कोरोना संक्रमण जाँच गर्नुपर्ने राष्ट्रिय समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । पिसिआर प्रबिधिबाट हुने कोरोना जाँचमा पहुँचवालाको मात्र सहभागिता देखिएकाले आम सर्वसाधारणको समेत सहभागिता गराई परीक्षण गर्नुपर्ने पार्टीको माग छ । बिगतमा यहाँका जिम्मेवार व्यक्तिहरुको गल्तीका कारण कोरोना संक्रमण समुदायसम्म फैलिएकाले पहुँच नभएका व्यक्तिहरुको समेत पिसिआर प्रबिधिबाट कोरोना संक्रमणको जाँच हुनुपर्ने भन्दै शुक्रबार पार्टीले ज्ञापन पत्र बुझाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र बुझाउँदै जाँचका लागि आवश्यक पहल गर्न गराउन अनुरोध गरेको जसपाका नेता रामकुमार दिक्षितले जानकारी दिनुभयो । माग पत्रमा मुस्लिम समुदायको शनिबार परेको बकरीद पर्वमा सामुदायिक दुरी कायम गर्दै नमाज पढ्ने र हिन्दु समुदायको रक्षाबन्धन पर्वमा दुबैतर्फको स...