Wednesday, March 12सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

स्वास्थ्य तथा पोषण  सम्बन्धी  गोष्ठी सम्पन्न

स्वास्थ्य तथा पोषण  सम्बन्धी  गोष्ठी सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके, १८ चैत्र । बाँकेको सबै स्थानिय तहले स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन नया रणनितिका साथ अगाडि बढने प्रतिबद्धता जनाएका छन । बाँकेको नेपालगञ्जमा सुआहारा,२ कार्यक्रमले  आयोजना गरेको जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण  सम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा सहभागी आठै स्थानिय तहका सरोकारवालाहरुले स्वास्थ्य सम्बन्धी योजना समेत बनाएका छन । दुई दिने गोष्ठीमा सुआहाराले लागु गरेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफनेै पहल (साथ) र सामुदायिक प्राप्ताँक बोर्ड, पोषिलो खाना प्रदर्शनी, जीवनको महत्वपुर्ण अवसर मनाउने , सीघ्र कुपोषण एकीकृत ब्यवस्थापन (आईमाम कार्यकम्र) सहयोगी सहजकर्ता , भन्छिन आमाका बारेमा छलफल गरिनुका साथै स्वास्थ्य र पोषणको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सुआहारा लागु भएदेखिको कार्यक्षेत्र भित्रको उपलब्धी तथा सिकाईको बारेमा समेत छलफल र प्रस्तुतिकरण गरिएको थियो । कार्...
डुडुवामा किटनाशकयुक्त झुल वितरण

डुडुवामा किटनाशकयुक्त झुल वितरण

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके,१०चैत्र ।बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो । बेतहनी स्वास्थ्य चौकीमा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्य समस्या भएको बताए । उनले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान संचालन गरिरहेको बताए । नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती ...
बसुदेवपुर पुर्ण खोप सुनिश्चतता वडा घोषणा

बसुदेवपुर पुर्ण खोप सुनिश्चतता वडा घोषणा

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके, ९ चैत्र । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ बसुदेवपुरलाई पुर्ण खोप शुनिश्चतता भएको वडा घोषणा गरिएको छ । बसुदेवपुर स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच वडालाई पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका ईन्चार्ज सुनिलरत्न ब्रजाचार्यले बताएको छन । पुर्ण खोप वडा शुनिश्चतता भएको घोषणा अभियान अन्र्तगत आयोजित घोषणा कार्यकैममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसीले घोषणा मात्र गरेर नभई यसको कार्यान्वयनमा पनि सबै पक्ष समान रुपले जिम्मेवार हुनुपर्नै बताए । प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख केसीले पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा निरन्तरतामा पनि ध्यान दिन महत्वपुर्ण रहेको बताए । १५ महिना मुनिका सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुबिधामा पहँुच पुरयाउने राष्ट्रिय लक्ष्यका आधारमा वडा लाई पुर्ण...
पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य
`pबाँके, ७ चैत्र । नेपालगञ्ज सँगै मिलेर रहेको पुरैनाकी महिलाहरु सुत्केरी हुँने बेला नेपालगञ्जको भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज धाउनुपर्ने अवस्थाको अन्त हुने भएको छ । नेपालगञ्ज उपमहा नगरपालिकाको वडा नम्बर २१ पुरैना अन्र्तगत रहेको सो सुत्केरी गुहको बाटोको लागि जग्गा नपाँउदा बाटो निर्माण हुन सकिरहेको थिएन । नवनिर्मित पुरैनाको सुत्केरी गृह सम्म जाने बाटो नभएकोले निर्माण भएको बर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा त्यहाका महिला सुत्केरी हुने बेला नेपालगञ्ज ल्याउने पर्ने बाध्ता रहेको थियो । वडा कार्यालय तथा पुरैना स्वास्थ्य चौकीको निरन्तर प्रयासमा बाटोमा रहेको जग्गाधनी हरु जग्गा उपलब्ध गराई सकेर बाटो बन्ने प्रक्रियामा रहेको वडाध्यक्ष रञ्जित खानले बताएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्चले बुधवार आयोजना गरेको स्वास्थ्य चौकीको सामाजिक परिक्षणमा बोल्दै वडाध्यक्ष खानले जग...
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० स्थानीय लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएका थिए । त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामी पनि धेरै आएको नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले जानकारी दिए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । फिजिसियन डा. योगी सहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारती लगायतको चिकित्सक टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक...
स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना  !

स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना !

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके,१७ असोज । एकै पटक धेरैजना सरुवा भएर एउटै दरबन्दीमा आएपछि बाँकेका स्वास्थ्य केन्द्रहरुमा समस्या देखिएको छ । सरुवा भएर जो पहिले पुग्छ, उसैले हाजिर गर्छ, ढिला पुग्ने स्वास्थ्यकर्मी हाजिर गर्न पाउँदैनन् । वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी रिक्त नहुँदै सरुवा भएर तीन जना आइपुगे, हाजिर गर्न पाएनन् । बाँकेकै रझेनामा एक जनाको दरबन्दीमा तीन जना आए, पहिले नै पुगेका देवेन्द्र केसीले हाजिरी गरे, पछि पुगेका गणेशबहादुर शाही र नन्दा गिरी हाजिरी हुन पाईनन् । एक जनाको दरबन्दी खाली रहेको पुरैनामा पनि तीन जना सरुवा भएर आएपछि सुरुमा आइपुगेकी लक्ष्मी थापा हाजिर भइन् । बसुदेवपुर, कचनापुर लगायतका धेरै स्वास्थ्य केन्द्रमा पनि यस्तै भयो । सरुवा भएर जो पहिले पुग्यो, उ हाजिर भयो, ढिला गरी पुग्ने अन्तै लागे । सबै ठाउँमा जो पहिला आइपुगे, उसले हाजिर हुने मौका पायो । ‘पायक’ पर्ने ठाउँ भन्दै भनसुन ...
स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो । स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर...