भारतको आपत्ति: चीनले ल्याएको सीमा सुरक्षा सम्बन्धी कानुनमा
नयाँदिल्ली, ११ कार्तिक - चीनले हालै ल्याएको भू-सीमा सुरक्षासम्बन्धी नयाँ कानुनमा छिमेकी भारतले आपत्ति जनाएको छ।
द हिन्दुका अनुसार चीनले एक पक्षीय रूपमा कानुन ल्याएको भारत सरकारको भनाइ छ। आगामी जनवरी १ देखि लागू हुने उक्त कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतले उक्त कानुनलाई सीमामा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) फेरबदल गर्ने कुरामा प्रयोग नगर्न चीनलाई भनेको छ।
भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ। जमिनका लागि सन् १९६२ युद्ध लडेका चीन र भारतले त्यसपछि पनि विवाद टुंग्याउन सकेका छैनन् बरू मोटामोटी एकअर्काको सीमा बनाएका छन्। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल भनिन्छ।
विवादले जतिसुकै बेला उग्र र हिंसात्मक रूप लिन सक्ने ठानेर सीमामा प्याट्रोलिङ गर्दा दुबै देशका सैनिकले हतियार प्रयोग गर्दैनन्। आमनेसामने भइहाले पनि धकेलाधकेल र मुक्का हानाहान हुने ...








