Sunday, May 31सत्यम खबर
Shadow

विदेश

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ । सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेकाे नागरिककाे गुनासाे छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभाेग गर्छ । तीन प्रतिशत ग्यास...
रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ।...
चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्राध्यक्षहसँग भेटवार्ता गरेका थिए । साउदी अरब भ्रमणको अन्तिम दिन सयुक्त पत्र सार्वजनिक भएको थियो । त्यसमा अरब देशहरुप्रति अझ राम्रो साझेदारी र विवादलाई शान्तिपूर्ण रुपमा समाधानमा जोड दिइएको छ ।यो सम्झौतामा एकअर्काको आन्तरिक नीति र घरेलु मुद्दाका विषयमा आलोचना नगर्ने पनि उनीहरूबीच सहमति भएको छ । चीन र साउदी अरब दुवै देश मानवअधिकारका विषयमा अन्तर्राष्ट्रिय समुदायमा आलोचित बन्ने गरेका छन् । गत जुन महि...
भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – ह्वाइट हाउसका एक अधिकारीले भारत अमेरिकाको सहयोगी नभएर एक सुपर पावर बन्ने बताएका छन् । उनले पछिल्लो २० वर्षयता यी दुई देशबीचको सम्बन्ध अन्य कुनै पनि देशको भन्दा गहिरो सुदृढ भएको बताएका छन् । एस्पेन सुरक्षा फोरमको बैठकमा आफ्नो उपस्थितिको क्रममा भारतको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै ह्वाइट हाउस एशिया संयोजक कर्ट क्याम्पबेलले भारत २१ औं शताब्दीमा संयुक्त राज्य अमेरिकाको लागि सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताएका छन् । ‘तथ्य के हो भने, मलाई विगत २० वर्षमा संयुक्त राज्य अमेरिका र भारतको भन्दा द्रुत गतिमा गहिरो र सुदृढ भएको कुनै द्विपक्षीय सम्बन्धको बारेमा थाहा छैन,’ ह्वाइट हाउसका शीर्ष अधिकारीले वाशिंगटनका दर्शकहरूलाई भनेका छन् । संयुक्त राज्यले आफ्नो क्षमताको अझ बढी लगानी गर्न आवश्यक छ र जनतासँगको सम्बन्ध निर्माण गर्दै, टेक्नोलोजी र अन्य मुद्दाह...
चीन सम्बन्ध सुधार्ने नयाँ प्रयास, उच्चस्तरीय अमेरिकी टोली भ्रमणमा

चीन सम्बन्ध सुधार्ने नयाँ प्रयास, उच्चस्तरीय अमेरिकी टोली भ्रमणमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले बिग्रिएको सम्बन्ध सुधार्ने प्रतिबद्धता गरेपछि अमेरिकी सरकारले आफ्नो पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल चीन पठाइरहेको छ। डिसेम्बर ११ देखि १४ सम्मको भ्रमणमा पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि अमेरिकी विदेमन्त्रालयका सहायक सचिव डेनियल क्रिटेनब्रिंक र चीन र ताइवानका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लौरा रोजेनबर्गर सहभागी रहनेछन् । दुवैले चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने भएका छन् । क्रिटेनब्रिंकको चीन भ्रमण गत महिना सीसँग बालीमा बाइडेनको भेटपछिको नयाँ चीन-अमेरिका भेटवार्ता हो। गत महिना दुवै राष्ट्र प्रमुखहरुले ‘हाम्रा दुई देशहरू बीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न जारी राख्ने र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्ने’ प्रतिबद्धता गरेका थिए । ...
“मानव निर्मित हो कोरोना भाइरस”, अमेरिकी वैज्ञानिकले गरे चकित पार्ने खुलासा

“मानव निर्मित हो कोरोना भाइरस”, अमेरिकी वैज्ञानिकले गरे चकित पार्ने खुलासा

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – चीनको वुहान शहरमा अवस्थित विवादास्पद अनुसन्धान प्रयोगशालामा कार्यरत एक अमेरिकी वैज्ञानिकले आश्चर्यचकित पार्ने खुलासा गरेका छन्। कोभिड–१९ ल्याबबाट लिक भएको ‘मानव निर्मित भाइरस’ भएको भन्दै उनले सबैलाई चकित पारेका छन्। न्यु योर्क पोस्टले बेलायती अखबार द सनमा अमेरिकामा आधारित अनुसन्धानकर्ता एन्ड्रयू हफलाई उद्धृत गर्दै भनेको छ कि दुई वर्ष पहिले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड लीक भएको हो, जो एउटा राज्यद्वारा सञ्चालित र वित्त पोषित अनुसन्धान सुविधा हो। चीनको विवादास्पद वुहान ल्याबमा काम गर्ने अमेरिकी वैज्ञानिक एन्ड्रयू हफले सनसनीपूर्ण दाबी गरेका छन्। उनीअनुसार कोभिड-१९ लाई प्रयोगशालामा भाइरसद्वारा तयार पारेको थियो जुन त्यस सुविधाबाट लीक भयो। महामारी वैज्ञानिक हफले आफ्नो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’ मा दाबी गरेका छन् कि महामारी अमेरिकी सरकारद्वारा चीनमा कोरोना भा...
चीनमा कोभिड-१९ को प्रकोप चर्कियो, खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

चीनमा कोभिड-१९ को प्रकोप चर्कियो, खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि देशमा कोविड१९ का संक्रमितहरुको वृद्धि चिन्ताजनक रुपमा रहेको छ। बेइजिङलगायत धेरै प्रमुख सहरहरूले कोभिड१९को गम्भीर प्रकोपको सामना गरिरहेका छन्। बेइजिङको चाओयाङ जिल्ला भित्रका अधिकांश व्यवसायहरू बन्द छन् र बासिन्दाहरूलाई केही दिन घरभित्रै बस्न आदेश दिइएको छ। यो परिदृष्यले चीन सन् २०२३ मा कोभिड१९को महामारीको चौंथो वर्षमा उक्लिएको छ र शुन्य कोभिड१९ नीतिको कहिलै अन्त्य हुने छैन् । विश्व स्वास्थ्य संवठन (डब्ल्यूएचओ)ले कोभिड१९ को अन्त्य नजिकै छ भनी सुनिश्चित गरेको भए पनि चीनको सन्दर्भमा वास्तविकता फरक छ। अहिले चीनमा फैलिरहेका ओमिक्रोन भेरियन्टहरू अघिल्लो सबभेरिएन्टहरू भन्दा धेरै संक्रामक छन् । चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि अचानक कोभिड१९को बृद्धि हुनुको कारण यही हो। व्यापारिक सहरबाट आयात गरिएको ओमिक्रोन बीएफ ...
भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ मंसिर – भारत–चीन सीमामा हाल फेरि एकपल्ट ठूलो हलचल उत्पन्न भएको छ। गुप्त रिपोर्टहरूका अनुसार यस अवधिमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीचको स्थिति सन् २०२० भन्दा बढी तनावपूर्ण हुने भएको छ। उक्त तनावको कारण स्पष्ट छ, यसपटक चीनले लद्दाख क्षेत्रमा गलवानभन्दा ठूलो षड्यन्त्र गर्न खोजिरहेको छ। स्थिति कस्तो छ भने चिनियाँ सेनाले एलएसीको धेरै विवादित क्षेत्रमा सेल्टर निर्माण गरेका छन् र त्यसमा डटिरहेका छन्। अब चिनियाँ सैनिकले भारतीय सेनामाथि दबाब दिनका लागि एकजुट भइरहेका छन्। चीनले यस पटक सबैभन्दा बढी अतिक्रमण उत्तरी लद्दाख क्षेत्रमा गरेको छ, यहाँको देपसाङ क्षेत्रमा चिनियाँ सैनिकले २०० भन्दा अधिक सेल्टर बनाएका छन्। चिनियाँ सैनिकहरू अहिले यी सेल्टरहरूमा खडा छन्। अब चिनियाँ सेना कुनै पनि हालतमा यी क्षेत्रबाट पछि हट्न चाहँदैनन्, जबकि जुन ठाउँहरूमा सेल्टरहरू बनेका छन्, तीम...
आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – ‘नो मनी फर टेरर’को तेस्रो मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी विरुद्धको कारबाहीलाई तीव्रता अघि बढाएका छन्। पाकिस्तानमा आधारित आतङ्कवादीहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा कालोसूचीमा राखिएको छ। ‘आतङ्कवादी सङ्गठनहरूले विभिन्न स्रोतहरूबाट पैसा प्राप्त गर्ने कुरा सबैलाई थाहा छ। एउटा स्रोत राज्य समर्थन हो। कतिपय देशहरूले आफ्नो विदेश नीतिको हिस्साको रूपमा आतङ्कवाद लाई समर्थन गर्छन् । अन्तर्राष्ट्रिय सङ्गठनहरूले युद्धको नहुनु मात्र शान्ति हो भनेर सोच्नु हुँदैन। प्रोक्सी युद्धहरू पनि खतरनाक र हिंसात्मक छन्,’ मोदीले ७७ देशहरू र १६ बहुपक्षीय एजेन्सीहरूका ४५० प्रतिनिधिहरूको भेलालाई भने। ‘आतङ्कवादलाई समर्थन गर्ने देशहरूमाथि मूल्य थोपर्नु पर्छ। आतङ्ककारीहरूप्रति सहानुभूति जगाउने प्रयास गर्ने सङ्गठन र व्यक्तिहरूलाई पनि अलग्गै राख...
बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – बागंलादेशसँग आर्थिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले निरन्तर प्रयास गरिरहेको छ। जसरी चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गरिरहेको छ अनि त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नका लागि चिनियाँ राजदूत जुन प्रकारले सक्रिय देखिएका छन् त्यसले बंगलादेशप्रति चीनको बढ्दो चासोलाई प्रस्ट पारेको छ। बागंलादेशसँग व्यापारिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले त्यहाँको आधारभूत संरचनामा ठुलो निवेश गर्नका साथै ऊर्जा संसाधनहरूको सप्लाईमा पनि सहयोगको प्रस्ताव दिएको छ। यसको साथै चीनले दुवै देशको मुद्राहरूको सहज आदान-प्रदानका लागि पनि पहल गरिरहेको छ। तर, चीनबाट आएका यस्ता प्रस्तावलाई स्वीकार गर्दा बंगलादेश सरकारले पनि निकै सावधानी अपनाइरहेको छ। बागंलादेशकी प्रधानमन्त्रीले चिनियाँ प्रस्तावलाई स्वागत गरिरहेकी छिन् तर भारत र जापानजस्ता एसियाली मुलुकसँगको आर्थि...