Sunday, May 31सत्यम खबर
Shadow

विदेश

विवादित दक्षिण चीन सागरमा चिनियाँ सैन्य चौकीहरुले खतरा

विवादित दक्षिण चीन सागरमा चिनियाँ सैन्य चौकीहरुले खतरा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – यस क्षेत्रमा मानव निर्मित टापुहरूको चिनियाँ सैन्यकरणका कारण दक्षिण चीन सागरको भौगोलिक स्थिरता खतरामा भएकी एक मिडिया रिपोर्टमा भनिएको छ। नजिकको परीक्षाहरूले देखाउँछ सैन्य चौकीहरू वास्तवमा तिनीहरू जस्तो देखिन्छन् जस्तो बलियो नहुन सक्छ। यी मानव निर्मित टापुहरूको भौगोलिक स्थिरता एक महत्वपूर्ण कमी हो। तिनीहरू द्रुत रूपमा निर्माण गरिएकाले, तिनीहरू पूरा हुनु अघि कुनै पर्याप्त संरचनात्मक सम्भाव्यता वा वातावरणीय प्रभाव विश्लेषणहरू गरिएन। ताजा पानीका स्रोतहरू, विशेष गरी पिउने पानीको अभाव भएको अध्ययनहरूले पनि देखाएको छ। उनीहरूको दीर्घकालीन बासिन्दाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर खतरा प्रस्तुत गर्दछ। द जेनेभा डेलीका अनुसार त्यहाँका अफिसर र सिपाहीहरूको स्वास्थ्य आवश्यकताहरू हेर्ने र विश्लेषण गर्ने २०१९ रिपोर्टका अनुसार स्प्रेटली टापुका सैन्य अधिकारीहरूमा उच्च मासिक...
चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले विफल पारे : रक्षामन्त्री सिंह

चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले विफल पारे : रक्षामन्त्री सिंह

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – अरुणाचल प्रदेशको तवाङमा चार दिन अगाडि चिनियाँ सैनिकसँगको झडपका विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसद्लाई संक्षिप्त जानकारी दिएका छन् । झडपको विषय सार्वजनिक भएसँगै प्रमुख विपक्षी कंग्रेससहितका दलले सरकारमाथि दबाब बढाएपछि घटना भएको चार दिनपछि सरकारले त्यसबारे सदनलाई जानकारी गराएको हो । डिसेम्बर ९ मा भएको घटनाबारे रक्षामन्त्री सिंहले डिसेम्बर १३ मा संसद्लाई संक्षिप्त जानकारी दिएका हुन् । तीन मिनेटको मन्तव्यमा उनले चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले दृढताका साथ सामना गरेर विफल तुल्याइदिएको दाबी गरेका छन् । ‘९ डिसेम्बर २०२२ मा पीएलए सैनिकले तवाङ सेक्टरको यांगत्से क्षेत्रमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अतिक्रमण गरेर वास्तविक लाइनलाई एकतर्फी बदल्ने प्रयास गरेका थिए,’ सिंहले भनेका छन्, ‘चीनको त्यस्तो प्रयासलाई हाम्रो सेनाले दृढताका साथ विफल तुल्याएको...
रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ....
चीनको स्वास्थ्य संयन्त्र जोखिममा

चीनको स्वास्थ्य संयन्त्र जोखिममा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – लामो समय जिरो कोभिड नीति लिएको चीनले आफ्नो नीति परिवर्तन गरे लगत्तै अस्पतालमा सहने नसकिने चाप देखिएको छ। अस्पतालहरूमा चिकित्सक र नर्सको माध्यम हुँदै अन्य रोगका बिरामीलाई कोभिड सर्ने जोखिम समेत देखिन थालेको छ। अस्पतालमा कर्मचारी अभाव भए पछि चिकित्सक र नर्सलाई सङ्क्रमण भए पनि अस्पताल बोलाउन थालिएको छ। अमेरिकाको याले विश्वविद्यालयमा भएका यसैको विषयमा विशेषता हासिल गरी रहेका चिनिया प्राध्यापकलाई देश बोलाइएको छ। राष्ट्रपति सी जिनपिङले अहिलेको डरलाग्दो अवस्थालाई हेरेर प्रक्षेपण गर्न नयाँ उपाय अपनाउन आवश्यक रहेको बताएका छन्। उनले यस बारेमा निर्देशकसँग कुरा गर्ने पनि बत्ताएका छन्। ‘अहिले चिकित्सककै कारण सबै बिरामी कोभिडको जोखिममा पर्न थालेका छन्’ एक स्थानीयले बताएका छन्। चीनले अहिले सङ्क्रमणको दर एकदमै उच्च हुन थालेपछि ज्वरोको वार्डमा थपेको छ। भाइरस सङ्क्रमित भएका सबैला...
चिनियाँ राष्ट्रपति सिले सम्बोधन

चिनियाँ राष्ट्रपति सिले सम्बोधन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्नुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत् सम्बोधन गर्न लाग्नुभएको जानकारी दिनुभएको हो । एजेन्सी...
अमेरिकाले ३६ चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनद्वारा विरोध

अमेरिकाले ३६ चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनद्वारा विरोध

आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष –अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए । अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उ...
चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ पौष – अमेरिकी माथिल्लो सदन सिनेटले चिनियाँ एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरको छ ।अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको छ । पारित भएको प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ । चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।अमेरिकी...
भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप, भारतीय सेनाले उचित जवाफ दियो

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप, भारतीय सेनाले उचित जवाफ दियो

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ । सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए। त्यसअघि सन् २०२० को जुन महिनामा पूर्...
भारतीय र चिनियाँ सैनिकबीच दोहोरो भिडन्त

भारतीय र चिनियाँ सैनिकबीच दोहोरो भिडन्त

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ मंसिर – करिब साढे दुई बर्षपछि भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ। चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशस्थित पहाडी इलाकामा हालै दुई देशका सेनाबीच भिडन्त भएको छ । भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै उनीहरुबीच तनाव भएको हो। अरुणाचल भारत र चीनको विवादित भूभाग हो, जुन अहिले भारतको कब्जामा छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार ९ तारिख (शुक्रबार) भिडन्त भएको थियो। लद्दाखमा सन् २०२० अगस्टमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको थियो। त्यसपछि पहिलोपटक फेरि उनीहरुबीच भौतिक झडप भएको हो।त्यही वर्ष मे महिनामा उनीहरुबीच लद्दाखमा झडप हुँदा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो। त्यसयता एसियाका यी दुई छिमेकीबीच चिसिएको सम्बन्धमा सुधार आउन सकेको छैन। सैनिक र कुटनीतिक तहमा पटक—पटक वार्ता भए पनि सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन सक...
अमेरिकाले चीन र रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै

अमेरिकाले चीन र रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् । म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि य...