Monday, June 1सत्यम खबर
Shadow

विदेश

दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ बैशाख – दक्षिण चीन सागरमा फिलिपिन्सको सेना र चिनियाँ सेनाहरु बीच भिडन्त भएको जनाइएको छ । फिलिपिन्सका कोस्ट गार्डले शुक्रबार दक्षिण चीन सागरमा चिनियाँ जहाजहरू सँगको भिडन्तमा संलग्न भएको बताएको हो । एउटा चिनियाँ जहाजले फिलिपिन्सको जहाजबाट करिब १५० फिटको दूरीमा “खतरनाक चाल चलाएको“ थियो, जबकि अन्य दुई जहाजले “आक्रामक रणनीति“ प्रदर्शन गर्यो, जसले “फिलिपिन्सको जहाजको सुरक्षाको लागि निकै महत्वपूर्ण खतरा“ देखिएको फिलिपिन्सको अधिकारीहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सबाट ।...
दोक्लाम मामिलामा चीनले भुटानलाई दबाब दिएको खुलासा, भारत उभियो थिम्पुको साथमा

दोक्लाम मामिलामा चीनले भुटानलाई दबाब दिएको खुलासा, भारत उभियो थिम्पुको साथमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – त्रिदेशीय बिन्दु दोक्लाममा भारतको अडानले पछि हट्न बाध्य चीनले भुटानलाई भने चर्को दबाब दिएको खुलेको छ । दोक्लाम भारत, चीन र भुटानको त्रिदेशीय सीमा हो । जहाँ भारत र चीन आमनेसामने भएका थिए । पुरै क्षेत्र कब्जा गर्न आएको चीन पछि हटेको थियो । सडक निर्माणबाट पछि हटेको थियो ।भारतको नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले आफ्नो अनुसन्धान प्रतिवेदनमार्फत भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले चर्को दबाब खुलासा गरेको हो ।मैत्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सीसीपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको प्रतिवे...
चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – चीनले अफगानिस्तानमा आतंकवादको आक्रमणले स्थिति खराब हुँदै गएको र तालिबान शासकहरूले छिमेकी देशहरू विशेष गरी पाकिस्तानका लागि समस्या निम्त्याउने आतङ्ककारी समूहहरूमाथि कारबाही गर्ने आफ्नो संकल्प पूरा गर्नुपर्ने बताएको छ। आतंकवादी समुह टीटिपीको बारम्बार आक्रमणबाट पाकिस्तान चिन्तित छ ।इस्लामाबादले यो समूहले अफगान भूमिबाट आफ्नो गतिविधि गरिरहेको आरोप लगाएको छ। अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेपछि चीनले तालिबानलाई समर्थन गर्दै आएको छ। चीनले तालिवानको सहयोगमा सिनजियाङ प्रान्तमा सक्रिय आतंककारीलाई कारबाही गर्न सक्ने आशा गरेको थियोे । अहिले जसरी अफगानिस्तानमा आतंककारीले पाकिस्तान भित्र हमला गरि रहेको देखदा चीनलाई उईगर मुस्लिमहरुको बिद्रोह हुने शंका हुन थालेको बताएको छ ।उज्बेकिस्तानको समरकन्दमा आयोजित अफगानिस्तानका छिमेकी राष्ट्रहरूको सम्मेलनको अध्यक्षता गरेपछि चिनियाँ विदेशमन्त्...
चीनद्वारा ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा लडाकु विमान तैनाथ

चीनद्वारा ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा लडाकु विमान तैनाथ

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ बैशाख – चीनले ताइवानको जल तथा हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ ।मंगलबार ताइवानको जल क्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए ।सोमबार तीन दिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान आफ्नो वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ ।ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटेपछि क्रुद्ध भएको चीनले गत शनिबारदेखि सैन्य अभ्यास सुरु गरेको थियो ।राष्ट्रपति साईले आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ...
भारतको अर्थतन्त्र थप बलियो बन्दै, आईएमएफले गर्‍यो यस्तो प्रक्षेपण

भारतको अर्थतन्त्र थप बलियो बन्दै, आईएमएफले गर्‍यो यस्तो प्रक्षेपण

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको बताएको छ।आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस-युक्रेन युद्ध तथा कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा छिटो अर्थतन्त्र सुधार्ने मुलुक बन्दै गइरहेको जनाएको छ।आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३-२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ। आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रूत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ।चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अ...
टिकटक एपको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच रहेको स्वीकारे टिकटकको प्रमुख कार्यकारी

टिकटक एपको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच रहेको स्वीकारे टिकटकको प्रमुख कार्यकारी

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ चैत - चिनियाँ लोकप्रिय एपका प्रमुख कार्यकारीले उक्त डेटामा चिनियाँ प्राविधिकहरुको पहुँचलाई स्वीकार गरेका छन् ।टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका हुन्।अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकको पहुँच रहेको स्वीकार गरे ।अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईका लागि टिकटकका सिइओलाई बोलार्ईएको थियो, सिंगापुरका नागरिक समेत रहेका उनले स्विकार गर्दै भने, हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले हो, चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच रहेको स्वीकार गरे ।अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने बारेमा वि...
चीनले गरेको गलत प्रचार यथार्थ नमिल्दासम्म अर्थतन्त्रलाई टेवा दिन विदेशी लगानी जम्मा गर्ने चीनको रणनीति

चीनले गरेको गलत प्रचार यथार्थ नमिल्दासम्म अर्थतन्त्रलाई टेवा दिन विदेशी लगानी जम्मा गर्ने चीनको रणनीति

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ चैत - सन् २०२२ मा चीनले आफ्नो जीडीपी वृद्धि लक्ष्य ५ प्रतिशतभन्दा बढी राखेको भए पनि ३ प्रतिशतमात्रै उपलब्धि हासिल गर्न सक्यो। उनीहरुको आन्तरिक कार्य प्रतिवेदन र उपलब्धिहरु अहिलेको भन्दा धेरै शंकास्पद कहिल्यै भएन, किनभने पहिलो पटक चीनले शून्य कोभिडको आफ्नै राज्य नीति फिर्ता लिएको छ र अर्थतन्त्र खुला गरेको छ। त्यहाँ धेरै कारकहरू छन्, जसले वर्तमान वातावरणलाई निम्त्यायो र यो बढ्दो रूपमा स्पष्ट भएको छ कि चीनले आफ्नो ऐतिहासिक टुलकिट दोहोर्याउने प्रयास गरिरहेको छ।चीनले गरेको गलत प्रचार यथार्थ नमिल्दासम्म अर्थतन्त्रलाई टेवा दिन विदेशी लगानी जम्मा गर्ने चीनको रणनीति देखिन्छ। राज्यको नीतिका कारण मानिसहरूलाई घरभित्रै बस्न बाध्य पारेको तीन वर्षपछि अर्थतन्त्रको वास्तविक अवस्थाका धेरै सूचकहरू देखेका छौं। जसमा रियल इस्टेट संकट जहाँ एभरग्रान्डे वर्षौंको अवरुद्ध विस्तार पछि पतन भयो। सामान्य आ...
चीनद्वारा अमेरिकाको विभिन्न संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा

चीनद्वारा अमेरिकाको विभिन्न संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ चैत - चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको शिकार भएका हुन् ।चीनको चेतावनीलाई वेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गरेका थिए ।चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङ्टन थिङ्कट्याङ्कले ताइवान पृथकतावादी गतिविधिलाई बढावा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । साथै मन्त्रालयले कुनै पनि चिनियाँ संस्था र तिनका पदाधिकारीलाई ती अमेरिकी संस्था र तिनका पदाधिकारील...
विकासोन्मुख विश्वमा चीनको आर्थिक दबाब बढ्दै

विकासोन्मुख विश्वमा चीनको आर्थिक दबाब बढ्दै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ चैत - धेरै विकासोन्मुख देशहरूमा चीनको बढ्दो आर्थिक दबाबले समस्या सिर्जना गरेको छ। कोरोना महामारीपछि उत्पन्‍न वित्तीय चुनौतिहरू पछि ऋण चुक्ता गर्न चीनले दबाब सिर्जना गरेपछि संकटको स्थिति सिर्जना गरेको छ।विकासोन्मुख विश्वको सबैभन्दा ठूलो ऋणदाताको रूपमा परम्परागत बहुपक्षीय संस्थाहरूलाई पछाडि पारेको चीनले महामारीले विकासोन्मुख विश्वका आर्थिक रूपमा कमजोर राष्ट्रहरूलाई संघर्षरत अर्थतन्त्रहरूलाई राहत दिनुको सट्टा ऋण तिर्न दबाब दिन थालेको जियोपोलिटिकाले रिपोर्ट गरेको छ।विशेष गरी, अफ्रिकी महाद्वीपलाई यसको प्राकृतिक स्रोतहरूमा प्रभाव पार्नको लागि अत्यधिक ऋण दिइएको छ। केही वर्षयता चीन अफ्रिकी देशहरूको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता बनेको छ। बेइजिङले हालैका वर्षहरूमा अंगोला, इथियोपिया, केन्या, रिपब्लिक अफ कङ्गो, जिबुटी, क्यामरुन र जाम्बियालगायत ३२ भन्दा बढी अफ्रिकी राष्ट्रहरूलाई पूर्वाध...
चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, चैत २६ - चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार। यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ । यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ ।सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वटा कुखुरा मारेको अभियोगमा गू नाम गरेका व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ।उनले छिमेकी झाङसँगको झगडाको बदला लिन पटक-पटक उनले पालेको कुखुरालाई तर्साएर मारेको अदालतले ठहर गरेको छ।त्यहाँको एक स्थानीय पत्रिकालाई उद्बृत गर्दै सिएनएनले गू र झाङबीच एक वर्ष अघिदेखि झगडाको सुरूआत भएको उल्लेख गरेको छ। एक वर्षअघि अप्रिलमा झाङले गूलाई सोध्दै नसोधी उनको बारीका रूख काटिदिएका थिए।त्यसपछि आक्रोशित बनेका गूले झाङलाई नोक्सान पार्न उनको कुखुरा फार्मलाई निशाना बनाउन थालेका हुन्। उनले सि...