चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?
भुपेन्द्र क्षेत्रीएसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ ।
चीनको महत्वकाङ्क्षी परियोजनाले धेरै देशलाई ऋणको जन्जालमा फसाउँदै लगेको छ । चीनले परियोजनामार्फत् ऋण दिने र चुक्ता गर्न नसके फेरि ऋण चुक्ताकै लागि महँगोमा ऋण थप्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ ।
विगत तीन वर्षको तथ्यांक मात्रै केलाउने हो भने यस परियोजनाको खराब कर्जा ७८ अर्ब डलर पुगेको छ । यो योजनाले चीनलाई विश्वकै ठूलो ऋणदाता बनाएको त छ तर यसले अन्य मुलुकलाई पिल्साएको छ । यो परियोजनाअन्तर्गत चीनले रेल्वे, सडक र विमानस्थलजस्ता आयोजना बनाउन ऋण दिन्छ । विभिन्न १ सय ५० मुलुकमा परियोजनाअन्तर...









