शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा
काठमाण्डौ, ३ भाद्र – बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ।
सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको बंगलादेशी अखबार द डेली स्टारले जनाएको छ।
आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनकैबीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो।
त्यसदिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् न अवामी लिगका कार्यकर्ता नै थिए। त्यसदिन माछा फार्मबाट फर्किँदै गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली छातीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा द...









