युक्रेनको दाबी – अहिलेसम्म ६ लाख रुसी सैनिक मारिए
काठमाण्डौ, ६ भाद्र – रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार, युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ । गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३२८, हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन् ।
साथै एक एक जहाज र पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबि गरेको छ । यसैबीच मंगलबार १२ सय १० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । त्यस्तै रुसी सेनाले सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । कुर्...









