Saturday, May 30सत्यम खबर
Shadow

विदेश

बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित

बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ । द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् । बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीय तबाह नुरुन बेगमले बताइन् । वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताए । मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे । मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिक...
रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल आक्रमण

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल आक्रमण

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताउनुभयो । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । ‘हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ’, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरे । वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो । किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राज...
अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी

अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी

आर्थिक, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – तीन वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे पनि उक्त सरकारले हालसम्म एउटा पनि मुलुकबाट कूटनीतिक मान्यता पाएको छैन । विश्व बैंकको तथ्यांकअनुसार पछिल्ला दुई वर्षयता त्यहाँको वास्तविक अर्थतन्त्र २६ प्रतिशतले संकुचित भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध शून्य रहेका कारण त्यहाँ आर्थिक र मानवीय संकट बढ्दै गएको छ । यस्तो अवस्थामा तालिबानलेमेस आयनक क्षेत्रमा रहेको तामा खानीको उत्खननमा जोड दिइरहेको छ । सो खानीको उत्खननका लागि तत्कालीन अफगान सरकारले चीनको राज्य सञ्चालित चाइना मेटलजिकल कप्र्ससँग सन् २००८ मा ३ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । केही समयअघि उक्त चिनियाँ कम्पनीले त्यहाँबाट उत्खनन सुरु गरेको छ । यद्यपि सो क्षेत्रबाट वास्तविक तामाप्राप्त गर्न भने अझै दुई वर्ष लाग्ने अपेक्षा गरिएको छ । ४ अर्ब ४० करोड टन तामाको धाउ रहेको विश्वास गरिने सो खान...
चीन र फिलिपिन्स फेरि आमने सामने

चीन र फिलिपिन्स फेरि आमने सामने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ भाद्र – दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरै द्वन्द्वहरू भइसकेका छन् तर गत हप्ता सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएपछि अवस्था बिग्रियो । यसबारेमा फिलिपिन्स र चीनले एकअर्कामाथि एकअर्काको जहाजमा प्रहार गरेको आरोप लगाएका छन् । यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरेको छ । यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल (लगभग १३८ किलोमिटर) र चीनबाट करिब ६३० समुद्री माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ । अगस्ट १९ मा सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएका थिए । यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि सोलको दाबी गर्दै आए...
‘शेख हसिनाको पतनले देखाएजस्तै चीनसँग घमण्ड गर्नु खतरनाक हुन्छ’

‘शेख हसिनाको पतनले देखाएजस्तै चीनसँग घमण्ड गर्नु खतरनाक हुन्छ’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ भाद्र – बंगलादेशको प्रधानमन्त्रीको रूपमा शेख हसिनालाई हटाउनमा बेइजिङको अदृश्य हातले चीनसँगको सम्बन्ध कति खतरनाक हुन सक्छ भन्ने सबैको आँखा खोल्ने काम गरेको छ । शेख हसिनाको शासनलाई चीन समर्थक भनेर चिनिन्थ्यो, उनको शासनकालमा बेइजिङले बंगलादेशमा बेल्ट एन्ड रोड इनिसिएटिभ लागु गराएको थियो र त्यस देशमा धेरै बीआरआई परियोजनाहरू प्रगतिमा छन् । बीआरआई परियोजनाहरू स्वीकार गर्ने अन्य देशहरू जस्तै बंगलादेश पनि अब ऋणको जालमा फस्ने जोखिममा छ। तर, अहिले चीनले पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्ससँग हात मिलाएर ढाकामा भारतको हितमा प्रतिकूल हुने सरकार स्थापना गरेको रिपोर्ट आएको छ । खुफिया रिपोर्टहरू भन्छन् कि चीनले बंगलादेशमा विरोध र विद्रोह बढाउन आईएसआईलाई संरक्षण गरेको छ जसले शेख हसिनालाई राजीनामा गर्न र आफ्नो देश छोड्न बाध्य तुल्यायो । चीन र पाकिस्तानले बंगलादेशमा सरकारी जागिरमा कोटाको...
चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो । जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन । जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा ...
रुस र युक्रेनबीच जारी युद्धः जो वाईडेनपछि मोदीले गरे पुटीनसॅग फोनवार्ता

रुस र युक्रेनबीच जारी युद्धः जो वाईडेनपछि मोदीले गरे पुटीनसॅग फोनवार्ता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्यौं । हामी दुबैले रुस-युक्रेन द्वन्द्वमा हाम्रो विचार आदानप्रदान गर्यौं र युक्रेनको भ्रमण पछि हाम्रो अन्तर्दृष्टिको बारेमा छलफल गर्यौं । हामीले राष्ट्रपति पुटिनलाई भन्यौं कि भारत यो द्वन्द्व अन्त्य गर्नको लागि चाँडो, दिगो र शान्तिपूर्ण समाधान खोज्न पूर्ण रूपमा प्रतिबद्ध छ ।' प्रधानमन्त्री मोदीले सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुरा गरेका थिए । मोदीले अमेरिकी राष्ट्रपति ...
बंगलादेशको अन्तरिम सरकारका लागि अनुभवहीनता र संगठनात्मक कमजोरी मुख्य बाधक

बंगलादेशको अन्तरिम सरकारका लागि अनुभवहीनता र संगठनात्मक कमजोरी मुख्य बाधक

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ भाद्र – कुनै पनि देशको सरकार ढाल्न विद्यार्थी राजनीतिले प्रमुख भूमिका खेल्न सक्छ । बंगलादेश यसको उत्कृष्ट उदाहरण हो। तर, यस्तो विद्यार्थी आन्दोलन सरकार चलाउन सफल भएको इतिहासको पानामा कुनै प्रमाण पाउन मुस्किल छ । गैरसरकारी संस्थाको व्यवस्थापन र देश सञ्चालन गर्ने बीचमा पनि ठूलो खाडल छ । कुनै पनि देशको लोकतान्त्रिक व्यवस्थामा राजनीतिक अनुभव र संगठनात्मक सीप धेरै महत्त्वपूर्ण हुन्छ। बंगलादेशको सन्दर्भमा अन्तरिम सरकारको अनुभवको अभाव सुरुदेखि नै प्रस्ट हुन्छ । अवामी लिग विरुद्ध जनताको संचित आक्रोशले उनीहरुलाई अहिलेको लागि प्रशंसा पाउन गाह्रो छैन। तर नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस र उनको अन्तरिम सरकारका सामु ठूला चुनौतीहरू छन्। सरकार गठन भएको नौ दिनभित्रै सल्लाहकारको कार्यालय परिवर्तन गर्नुपर्ने भएकाले अन्तरिम सरकारमा अनुभवको अभाव देखिएको छ । योसँगै सेना र बिएनपी-जमा...
मोदी र युक्रेनका राष्ट्रपति जेलेस्नकी भेटवार्ताः अमेरिकाले भन्यो – महत्वपुर्ण भ्रमण

मोदी र युक्रेनका राष्ट्रपति जेलेस्नकी भेटवार्ताः अमेरिकाले भन्यो – महत्वपुर्ण भ्रमण

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ भाद्र – युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् । मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ । नेपाल पाना...
बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस

बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उपप्रवक्ता फरहान हकमार्फत् विज्ञप्ति जारी गर्दै महासचिव गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्ने बताएका हुन् । महासचिव गुटरेसले निर्वाचनलाई थप समावेशी बनाउन समेत बंगलादेशको अन्तरिम सरकारलाई आह्वान गरेका छन् । उनले निर्वाचन प्रक्रियामा महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व मजबुत हुनुपर्ने उल्लेख गरेका छन् । हिंसात्मक आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले सत्ता सम्हाले पनि त्यहाँ हिन्दू धर्मावलम्बीसहित अल्पसङ्ख्यक समुदायविरुद्ध हिंसाका घटना बढिरहेको बताइएको छ । यससँगै बंगलादेशमा कहिले...